रुसले मंगलबार बिहान जापानको तटमा रहेको पानीमा एउटा नक्कली लक्ष्यमा एक जोडी पराध्वनिक क्षेप्यास्त्र (सुपरसोनिक मिसाइल) प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।
“दुई क्षेप्यास्त्र डुङ्गाहरूको टोलीले सिमुलेटेड शत्रुको युद्धपोतको नक्कल गर्दै समुद्री ढालको बिरूद्ध संयुक्त क्षेप्यास्त्र हमला गर्यो,” मन्त्रालयले सरकारी संचार माध्यम टेलिग्राम पोस्टमा भनेको छ ।
“दुई मोस्किट पोतबिहार क्षेप्यास्त्र (क्रुज मिसाइल)बाट प्रत्यक्ष प्रहार गरेर १०० किलोमिटर (६२ माइल) को दूरीमा लक्ष्य सफलतापूर्वक प्रहार गरिएको थियो।”
मङ्गलबारको युद्धाभ्यास रुसले यस महिनाको सुरुमा जापानको सागरमा पूर्वी सागर भनेर चिनिनेमा अभ्यास गरेपछि पनडुब्बीले १,००० किलोमिटर (६२१ माइल) टाढा कालिब्र क्रुज मिसाइल(पोतबिहार क्षेप्यास्त्र )ले जमिनमा निशाना लगाएको सिएनएनले जनाएको छ ।
यस्तै प्रकारको क्षेप्यास्त्र मस्कोले युक्रेनको युद्धमा नियमित रूपमा प्रयोग गर्छ भनि सिएनएनले उल्लेख गरेको छ ।
प्रतिक्रिया