अमेरिकाको टेनेसी क्रिश्चियन विधालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन बालबालिकाको मृत्यु, बन्दुकधारी पनि मारिए 

इनेप्लिज २०७९ चैत १३ गते १६:५१ मा प्रकाशित

सोमबार अमेरिकाको टेनेसी राज्य स्थित एक ईसाई विधालयमा गोली चलाउँदा कम्तीमा तीन बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन ।

बन्दुकधारीलाई  प्रहरीले मारेको जनाएका छन । 

सक्रिय बन्दुकधारी न्यासभिलको बर्टन हिल्स स्थित बिधालयमा गोलीकाण्ड भएको प्रहरीले वताए ।

तीन जना बच्चाहरुलाई भ्यान्डरबिल्टको मोनरो केरेल जुनियर बाल अस्पतालमा लगिएको र सबैलाई बन्दुकको गोली लागेको थियो।

भ्यान्डरबिल्ट विश्वविद्यालय  चिकित्सा केन्द्रका  प्रवक्ता जोन होसरले तीनै जनालाई अस्पताल ल्याई सके पछि मृत घोषणा गरिएको बताएको समाचार एनविसिन्यूजले जनाएको छ ।

प्रतिक्रिया