युक्रेनको मेरीयुपोलका प्रहरी प्रमुखको हत्या प्रयास भएको रुसी सरकारी सञ्चारमाध्यमको दाबि

इनेप्लिज २०७९ चैत १३ गते ११:३५ मा प्रकाशित

युक्रेनको मेरीयुपोलका प्रहरी प्रमुखको हत्या प्रयास भएको रुसी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी समाचार सँस्था टासका अनुसार सोमबार रुसले कब्जा गरिएको शहर मेरीयुपोलकामा प्रहरी प्रमुख विरुद्ध हत्याको प्रयास भएको जनाएको छ ।

मिखाइल मोस्कभिन जीवित छन्, मेरीयुपोलका को प्रशासन गर्ने स्व-घोषित डोनेट्स्क जन गणतन्त्रको सुरक्षा सेवालाई उद्धृत गर्दै टासले समाचार लेखेको छ।

मोस्कभिनको सवारी साधन उनिबाट केही मिटर टाढा विस्फोट भएको समेत उल्लेख गरेको छ।

युक्रेनी अधिकारीहरूले शहरको प्रिमोर्स्की जिल्लाको मध्य क्षेत्रमा शीर्ष रुसी सेनाका नेताको सवारी साधन लाई विस्फोट गराएको बताएपछि यो समाचार आएको हो।

प्रतिक्रिया