हेटीमा बेपत्ता भएका फ्लोरिडाका एक दम्पती फिरौतीको लागि अपहरण , ६,००० डलरबाट अपहरणकारीले प्रत्येकको २,००,००० लाख डलरको माग

इनेप्लिज २०७९ चैत १२ गते २३:५२ मा प्रकाशित

हेटीमा बेपत्ता भएका फ्लोरिडाका एक दम्पती फिरौतीको लागि अपरहणमा परेको र बन्दी बनाईएको परिवारले जनाएको छ ।

तिनीहरूका भतिजी क्रिस्टी डेसोर्मेसले एनबीसी मायामी समाचारलाई उनकी काकी र काकालाई परिवारलाई भेट्न जाने बाटोमा गाडीबाट बाहिर ल्याई र त्यसपछि उनीहरूलाई बन्दी बनाइएको बताइन ।

बिरामी परिवारका सदस्यहरूलाई भेट्न हेटी गएका फ्लोरिडा दम्पतीलाई अपहरण गरिएको छ र फिरौतीको लागि राखिएको उनीहरूको परिवारले बताए ।

अबिगेल र जीन-डिकेन्स टुसेन्ट पोर्ट-ओ-प्रिन्सबाट लगभग २७ माईल पश्चिममा लियोगनमा आफ्नो बाटोमा गइ रहेका थिए तर उनीहरू त्यहाँ नपुगेको उनीहरूको परिवारले एनबीसी मियामीलाई बताए। मार्च १८ देखि उनीहरुसँग कुराकानी नभएको बताए ।

एक समूहले उनको काकी र काकालाई बसबाट बाहिर निकाल्न आदेश दिए र उनीहरूलाई बन्दी बनाए। फिरौती मागेको ६,००० डलर मध्ये २,००० डलर भन्दा बढी तिर्दा अपहरणकारीले सम्झौता परिवर्तन गरेको परिवारले बताए। ६,००० डलर बाट अहिले अपहरणकारीले प्रत्येकको २,००,००० लाख डलर मागेका छन् ।

डेसोर्मेसले जनतालाई आफ्नो काकी र काकालाई घर ल्याउन मद्दतको लागि आफ्ना राज्यका प्रतिनिधिहरूलाई सम्पर्क गर्न आग्रह गरेकी छिन ।

अमेरिकी विदेश विभागले एनबीसी न्यूजलाई आइतवार एक विज्ञप्तिमा हेटीमा हराएका दुई अमेरिकीहरूको विवरण बारेमा थाहा भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “जब कुनै अमेरिकी नागरिक बेपत्ता हुन्छ, हामी स्थानीय अधिकारीहरूसँग नजिकबाट काम गर्छौं किनकि उनीहरूले खोजी गर्ने प्रयास गर्दछन ,” विज्ञप्तिमा भनिएको छ।

तस्बिर कृतज्ञता : फस्ट हेटिएन बप्टिस्ट चर्च ,पोमपानो बीच (शहर)

प्रतिक्रिया