युक्रेनको आठ क्षेत्रमा रुसी गोलाबारीमा १६ जनाको मृत्यु , ५९ जना घाइते

इनेप्लिज २०७९ चैत ११ गते १२:२८ मा प्रकाशित

युक्रेनका आठ क्षेत्रहरूमा रुसी गोलाबारीमा १६ जना सर्वसाधारणको मृत्यु हुनुका साथै ५९ जना घाइते भएका युक्रेनको रक्षा बलले जनाएको छ ।

युक्रेनको रक्षा बलले एक विज्ञप्तिमा भनेको छ, “११९ बस्तीहरूमा तोप ,बख्तरबन्द ,बहु प्रक्षेपण प्रक्षेप्यास्त्र प्रणाली, एस-३०० हवाई रक्षा क्षेप्यास्त्र प्रणाली, पोतबिहार क्षेप्यास्त्रहरू सहित विभिन्न हतियारहरू प्रयोग गरिएको छ।”

यो रूसी आक्रमणको पछिल्लो लहर हो । चिनियाँ नेता सी जिनपिङले राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तापछि मस्कोबाट प्रस्थान गरेपछि रुसले गत बुधवार युक्रेनका शहरहरूमा आक्रमण गर्दा कम्तिमा नौ जनाको मृत्यु भएको थियो ।

त्यो हमला पछि जापोरिझियाका एक विद्यार्थीले सीएनएनलाई भने: “हामी प्रायः सबै क्रोधित छौं। हामी डराउँदैनौं। हामी किन डराउने ? यो हाम्रो घर हो।”

प्रतिक्रिया