फ्लोरिडामा १३ बर्षिय खेलाडीलाई मनोवल बढाउने( चियरलिडर)लाई छुरा प्रहार गरि हत्या गर्ने किशोरलाई आजीवन कारावास सजाय

इनेप्लिज २०७९ चैत १० गते १८:३५ मा प्रकाशित

फ्लोरिडामा १३ बर्षिय खेलाडीलाई मनोवल बढाउने( चियरलिडर)लाई छुरा प्रहार गरि हत्या गर्ने किशोरलाई आजीवन कारावास सजाय सुनाईएको छ ।

सन २०२१  मा १३ वर्षीय चियरलीडर( खेलाडीको मनोवल बढाउने) ट्रिस्टिन बेलीलाई ११४  पटक छुरा प्रहार गर्ने फ्लोरिडा किशोरलाई शुक्रबार आजीवन कारावासको सजाय सुनाइएको अधिकारीहरुले बताएका छन ।

फ्लोरिडाराज्य अधिवक्ताको कार्यालयका अनुसार १६ वर्षीय एडेन फुकीलाई न्यायाधीश आर. ली स्मिथले सजाय सुनाएका हुन। 

फुकिको  सजाय २५ वर्षभित्र न्यायाधीशद्वारा समीक्षाको विषय रहेको अधिवक्ताको कार्यलयले जनाएको छ । 

प्रतिक्रिया