कोलोराडोको डेनभर विधालयमा गोली हानी हत्या गर्ने संदिग्ध किशोर नजिकैको काउन्टीमा मृत फेला 

इनेप्लिज २०७९ चैत ९ गते १६:४२ मा प्रकाशित

अमेरिकाको कोलोराडो राज्यको डेनभर उच्च विधालयमा गत बुधबार दुई विद्यालय प्रशासकलाई घाइते बनाएको गोलाबारीमा १७ वर्षीय संदिग्ध व्यक्ति घटना पछि नजिकैको काउन्टीमा मृत फेला परेको अधिकारीहरूले बताएका छन्।

डेनभरको दक्षिणपश्चिममा पार्क काउन्टीका अधिकारीहरूले बुधवार राति पूर्वी  उच्च विधालयमा गोलाबारी पछि खोजिएको गाडी नजिकै एक शव फेला परेको थियो। 

काउन्टीको मृत्यु समिक्षक  कार्यालयले बिहीबार बिहान घोषणा गर्दै   शव १७ बर्षिय अस्टिन लाइलको भएको बताएको छ ।

जसलाई डेन्भर प्रहरीले केही घण्टा अघि गोलाबारीमा संदिग्धको रूपमा नाम दिएको थियो।

लाइलको आफन्तलाई सूचित गरिएको छ भने मृत्यु अनुसन्धान अझै जारी छ।

 शव परिक्षण नभएसम्म थप विवरण नआउने उनले बताए ।

प्रतिक्रिया