बाल्टिमोरमा व्यापार प्रस्तुतीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न

इनेप्लिज २०७९ चैत ९ गते १:१८ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा व्यापार प्रस्तुतीकरण सफलतापूर्वक सम्पन्न भएको छ । गत मार्च १९ आइतबारका दिन बाल्टिमोरमा ब्यबसायीहरुले प्रस्तुति गरेका थिए ।

उक्त दिन नै इगल स्टार नामक व्यवसायी टोलीको घोषणा गरिएको छ भने इगल स्टार अमेरिकाका बिभिन्न राज्यहरुमा विस्तार गरिने भएको छ । र, केही राज्यहरुमा पहिले नै बिस्तार गरिएको यसैका बजारीकरण निर्देशक गणेश लामिछानेले ईनेप्लिजलाई बताए ।

लामिछानेले पनि व्यवसाय सम्बन्धि बोलेका थिए भने यसै गरि वरिष्ठ बजारीकरण निर्देशक संजोक कार्कीले पनि प्रस्तुति गरेका थिए । नयाँ व्यापारका अवसरहरुको खोजी गरौ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया