दर्शकको माँगलाई ध्यानमा राख्दै भर्जिनियामा छक्का पन्जा ४ -अप्रिल २ का दिन मा २ पटक प्रदर्शन गरिने

इनेप्लिज २०७९ चैत ८ गते २३:२९ मा प्रकाशित

दर्शकको माँगलाई ध्यानमा राख्दै भर्जिनियामा छक्का पन्जा ४ -अप्रिल २ का दिन मा २ पटक प्रदर्शन गरिने भएको छ । गत हप्तामा आइतबार र सोमबार भएका सबै टिकट पुरै बिक्री भएका थिए भने अझ नेपाली समुदायको माग र हेर्ने चाहना भएकोले पुन अप्रिल २ आइतबारका दिन दुई पटक प्रदर्शन गरिने आयोजकको तर्फबाट अभिजित राईले ईनेप्लिजलाई बताए ।

अत्यधिक चर्चित र दर्शकहरुले मन पराएको कारण दोश्रो पटक पनि पुन ल्याउनु परेको राईले भने ।

दीपकराज गिरी र दिपश्री निरौलाले निर्माण गरेका हुन् भने छक्का पञ्जा ४ हेमराज बीसीद्वारा निर्देशित एक नेपाली चलचित्र हो ।

चलचित्र भर्जिनियाको फेयरफ्याक्स स्थित सिनेमा आर्ट्स थेटर (चलचित्र मन्दिर )मा हुनेछ ।

टिकट दर केवल २५ डलर राखिएको छ भने अग्रिम रुपमा पनि खरिद गर्न सकिने छ । एवरेस्ट लायन्स फ्रेन्डशिप एसोसिसनको आयोजनामा भर्जिनियामा छक्का पन्जा ४ प्रदर्शन हुनेछ ।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, बेनिशा हमाल, दिपश्री निरौला, नीर शाह, मलिना जोशीको अभिनय रहेको छ । केही जान्न चाहेमा अभिजित राई ७०३ ६७८ ३३१७ तथा सफल बानियालाई ५७१ ५४९ ०७५० मा सम्पर्क गर्न सक्नु हुनेछ ।

छक्का पन्जा ४ चलचित्रको अमेरिका र क्यानाडाको लागि अधिकृत वितरक एभरेस्ट इन्टरटेनमेन्ट हो।

प्रतिक्रिया