नेपाली नयाँ बर्ष २०८० को उपलक्ष्यमा भर्जिनियामा परिजिता बास्तोला ,हेमन्त राना ,रबिन श्रेष्ठ लगायतको बृहत सांगीतिक कार्यक्रम हुदै

इनेप्लिज २०७९ चैत ८ गते २२:३४ मा प्रकाशित

नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)को आयोजनामा नेपाली नयाँ बर्ष २०८० को उपलक्ष्यमा अप्रिल ८ ,२०२३ का दिन भर्जिनियामा भ्वाईसकी परिजिता बास्तोला ,सुन साइलीका प्रख्यात गायक हेमन्त राना , छेक्यो छेक्यो देउराली डाडाका गायक रबिन श्रेष्ठ लगायतको बृहत सांगीतिक कार्यक्रम हुने भएको छ ।

साथै लोक गायक मिलन लामा तथा स्थानीय प्रतिभाशाली उदाउदो कलाकार राकेश पाख्रिन लगायत एन्जल्स ब्याण्डको समेत उक्त सांगीतिक कार्यक्रममा प्रस्तुति हुनेछ।

कार्यक्रम शनिबार हुनेछ भने दर्शकहरुको लागि ढोका ५ बजे खोलिनेछ । कार्यक्रम भर्जिनिया राज्यको प्रख्यात शहर मनाससको हिल्टन पर्फरमिङ्ग आर्ट सेन्टर (अर्थात् प्रस्तुति कला केन्द्र)मा हुनेछ ।

टिकट दर ५० डलर र ३० डलर राखिएको छ । कार्यक्रममा नेपाली खाद्य पदार्थ बिक्रेता (फुड भेन्डर) तथा टिकटको लागि निम्न व्यक्तिहरुसँग क्रमस चन्द्र लामा -7038629802 ,आशिष संग्रौला -2027021642 ,तोया पौडेल -9136366924 तथा प्रेम पौडेल ५७१२७७५११५ लाई बिस्तृत जानकारी लिन सकिने आयोजकले ईनेप्लिजलाई बताए ।

आयोजकले यस क्षेत्रमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली समुदायलाई उक्त दिनको लागि भित्ते पात्रो (क्यालेन्डर) मा चिन्ह (मार्क )लगाउन समेत अनुरोध गरेका छन् ।

आफू र आफ्ना परिवारहरु सहित सहभागिता जनाउन बिशेष अनुरोध गर्दै भ्वाईसकी नेपाली छोरी परिजिता बास्तोला ,सुन साइली जस्ता कालजयी गीत प्रस्तुत गर्ने हेमन्त राना र नेपथ्यका त्यो समयको छेक्यो छेक्यो जस्ता अत्यधिक चर्चित गीतहरु समेत सुन्न पाइने भएकोले सहभागिताको लागि न्याक आयोजक समितिले सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया