कवयित्री रीतादेवी प्रधान जोशीको कवितासङ्ग्रह ‘नदेखिने आँसुमा डुबुल्की’ सार्वजनिक

इनेप्लिज २०७९ चैत ७ गते २२:३८ मा प्रकाशित

अमेरिकाको बोस्टन शहरमा आयोजित पाँचौँ अन्तर्राष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलनको अवसरमा बोस्टनमा आयोजित विशेष समारोहमा कवयित्री रीतादेवी प्रधान जोशीको कवितासङ्ग्रह ‘नदेखिने आँसुमा डुबुल्की’ सार्वजनिक गरिएको छ ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकर्मा, कृष्ण धरावासी, तीर्थराज अधिकारी, गीता खत्री, मोहन सिटौला, सर्वज्ञ वाग्ले र दीपकमान प्रधानले संयुक्त रुपमा सो कृतिको विमोचन गरेका थिए ।

कवयित्री शकुन ज्ञवालीले संचालन गर्नुभएको सो कार्यक्रममा स्रष्टाहरु कृष्ण धरावासी, गीता खत्री, पदम विश्वकर्माले कवयित्री प्रधानका कविताले सकारात्मक सन्देश प्रवाह गर्न सकोस् भनेर सफलताको शुभकामना दिएका थिए ।

‘नदेखिने आँसुमा डुबुल्की’मा चर्चित कविताहरुसहित समसामयिक विषयका ३१ वटा कविता छन् । कृतिलाई दीपकमान प्रधानको सहयोगमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले प्रकाशित गरेको हो ।

प्रतिक्रिया