मेरिल्याण्डमा एकाबिहानै बिद्यालयको गाडी पर्खि रहेका बिधार्थीलाई समातेर आवासगृहमा अपहरण गरि लैजान खोज्ने संदिग्ध पक्राउ

इनेप्लिज २०७९ चैत ७ गते १०:५४ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको गैथर्सबर्गमा एकाबिहानै बिद्यालयको लागि बस (गाडी) पर्खि रहेका बिधार्थीलाई समातेर आवासगृहमा अपहरण गरि लैजान खोज्ने संदिग्ध पक्राउ परेका छन् ।

अधिकारीहरूका अनुसार ३० वर्षीय जमाल जर्मनीले विद्यालय जाने गाडी (बस) कुरिरहेका माध्यमिक विद्यालयका विद्यार्थीलाई समातेर एउटा आवास गृह (अपार्टमेन्ट )भवनतिर तानेका थिए।

मोन्टगोमेरी काउन्टी प्रहरीले सोमबार बिहान गाडी चढ्ने स्थल (बस स्टप)बाट एक बच्चालाई अपहरण गर्ने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरेको छ।

यो घटना मेरील्याण्डको गैथर्सबर्गको टाउन क्रेस्ट ड्राइभ( मार्ग )मा बिहान ७:३० बजे भएको थियो। त्यहाँ अन्य धेरै अन्य विद्यार्थीहरूले हस्तक्षेप गरेको कारण अपहरण हुन् सकेन र र बच्चा मुक्त हुन सक्षम भयो भनि प्रहरिले बताए ।

जब गाडी आइपुग्यो विद्यार्थीहरू गाडी चढे र रेडल्याण्ड मध्य विद्यालयमा पुग्दा कर्मचारीलाई घटनाको जानकारी दिए। बिद्यालयका विद्यार्थीका अभिभावक भएका छिमेकीले यसअघि पनि यस्तो घटना भइसकेको बताए ।

जासूसहरूले जर्मनलाई संदिग्धको रूपमा पहिचान गरे र एक घण्टा भन्दा कम समय भित्र उनलाई पक्राउ गरे। जासूसहरूले अन्य सम्भावित पीडितहरूलाई अगाडि आउन आग्रह गरिरहेका छन्।

प्रतिक्रिया