एमाजोनले थप ९ हजार कामदारलाई हटाउने

इनेप्लिज २०७९ चैत ७ गते १:१४ मा प्रकाशित

एमाजोनले थप ९ हजार कामदारलाई हटाउने भएको छ ।

एमाजोनले थप ९,००० जागिरहरू कटौती गर्दैछ, प्रमुख कार्यकारी अधिकारी (सीईओ )एन्डी जसीले सोमबार कर्मचारीहरूलाई पठाएको ज्ञापनमा उक्त घोषणा गरेका हुन् ।

सँस्थाले यस वर्षको सुरुमा इ-कमर्स कम्पनी(संस्था)मा ठूलो लागत कटौतीको रूपमा लगभग १८,००० पदहरू हटाउने घोषणा गरेपछि यो नयाँ कटौतीहरू आएको हो ।

जसीले रोजगार कटौतीको नयाँ चरण आगामी हप्ताहरूबाट सुरू हुने बताएका छन् । उनले संजाल सेवा ,पिएक्सटि र बिज्ञापन र ट्विचमा काम गर्ने मानिसहरूलाई असर गर्ने जनाएका छन ।

“यो एक कठिन निर्णय भएको तर जुन हामीलाई सँस्थाको दीर्घकालीन लागि उत्तम हो भन्ने लाग्छ,” जस्सीले आफ्नो ज्ञापनमा लेखेको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया