विश्व साईकल यात्री अजित बराल अमेरिकाको टेक्सस राज्यको ड्यालस आइपुगे

इनेप्लिज २०७९ चैत ७ गते ०:२५ मा प्रकाशित

मोहन मुन । साईकल यात्राको माध्यमबाट विश्वका ७१ देश भ्रमण गरिसकेका पोखराका अजित बराल विश्वयात्राको क्रममा अमेरिकाको नेपाली समुदायको बाक्लो बस्ती रहेको अमेरिकाको टेक्सस राज्यको ड्यालस आईपुगेका छन। सन २०१५ देखि विश्व भ्रमणमा निस्केका बरालले शुरूमा नेपालको भ्रमण सम्पन्न गरेका थिए।

जहाँ सम्म जमिन छ त्यहाँ सम्म साइकलमै पुग्ने सोंचका साथ एक दशक अधिदेखि साईकलमा कुदिरहेका उनले हिजो एक कार्यक्रमको बिच युलेस हर्स्टमा रहेको नेपाली ईन्डियन रेष्टूरेन्ट हर्ब्समा यात्रा अनुभव शेयर गरेका थिए।

दोश्रो फेज अन्तगर्तको यात्रा गत महिना अमेरिकाको सूर्योदयको राज्यका नामले चिनिने फ्लोरिडाबाट गरेका थिए। मायामीबाट साइकल यात्रा थालेका उनी १४ औं दिनमा एक हप्ता अधि ड्यालस आइपुगेका थिए।कार्यक्रम संयोजक रहेका युवा व्यवसायी चिन्तामणी बरालले खादा ओढाएर विश्व साईकल यात्रीलाई स्वागत गरेका थिए भने साहित्यकार भिम कार्कीले राष्ट्रिय झण्डाका हस्तातरण गरेर संम्मान व्यक्त गरेका थिए।सो कार्यक्रमका संयोजक एवम परिकल्पनाकार सुमन काजीले कार्यक्रमको संचालन गरेका थिए।

कार्यक्रममा अनावश्यक आसन ग्रहण र भाषणवाजी नगरिकन निर्घारित समयमै संचालन गर्दै पुरै समय विश्व साईकल यात्रीको यात्रा अनुभव सुन्दा आनन्द लागेको सहभागी एकले ईनेप्लिजलाई बताए।

नेपाली समाजको बाक्लो बस्ति रहेको ठाऊमा सोचेको जस्तो सहभागीहरू नभए पनि नसोचेको सहयोग प्राप्त भो विश्व साईकल यात्री ले ईनेप्लिजलाई बताए।सो कार्यक्रम संचालन गर्नको लागी सभाहल नेपाली ईन्डियन रेष्टूरेन्ट हर्ब्सले निःशुल्क उपलब्ध गराएको थियो।

प्रतिक्रिया