टेक्ससको उच्च बिद्यालय बाहिर गोली चल्दा एक विद्यार्थीको मृत्यु,एक जना घाइते

इनेप्लिज २०७९ चैत ६ गते २३:५२ मा प्रकाशित

टेक्ससको उच्च बिद्यालय (हाईस्कूल )बाहिर गोली चल्दा एक विद्यार्थीको मृत्यु भएको छ । अर्लिङ्गटन प्रहरी विभागका अनुसार सोमबार टेक्ससको एक उच्च बिद्यालय (हाईस्कूल) बाहिर एक विद्यार्थीको गोली हानी हत्या भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

संदिग्धलाई गिरफ्तार गरी सबै भन्दा उच्च श्रेणीको हत्याको आरोप लगाइएको आर्लिंगटन प्रहरी प्रमुख अल जोन्सले पत्रकार सम्मेलनमा भने।

संदिग्धलाई थप अभियोग पनि लाग्न सक्ने प्रहरीले जनाएको छ। अर्लिङ्गटन प्रहरीका अनुसार उनलाई बाल हिरासत केन्द्रमा राखिएको छ।

घटनामा संलग्न सबै विद्यार्थी लामार उच्च बिद्यालय पढ्छन् भने सबै नाबालिग रहेका छन् ।

बन्दुकको गोली लागेर घाइते भएकी छात्रालाई घटना नजिकैको एक वयस्कले उनलाई अस्पताल पुर्याएका छन् । सोमबार बिहान लामार हाईस्कूल(उच्च बिद्यालय ) बाहिर गोली चलेको केही मिनेटमै प्रहरीहरु त्यहाँ पुगेका थिए ।

प्रहरीले अनुसन्धानलाई उद्धृत गर्दै संदिग्धले हतियार कहाँबाट ल्याएको हो र गोली प्रहारमा प्रयोग भएको बन्दुकको प्रकार भने खुलाएको छैन ।

बिद्यालय मंगलबारको लागि विद्यार्थीहरूका लागि कक्षाहरू रद्द गरिएका छन भनि एबिसी समाचारले जनाएको छ ।

प्रतिक्रिया