रवि लामिछाने विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

इनेप्लिज २०७९ चैत ६ गते ११:५५ मा प्रकाशित

राहदानी विवादमा पूर्व गृहमन्त्री तथा उप प्रधानमन्त्री रवि लामिछानेलाई मुद्दा नचलाउने निर्णय गरिएको छ । 

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले सोमबार उनलाई मुद्दा नचलाउने निर्णय गरेका हुन् ।
राहदानी ऐन अनुसार मुद्दा चलाउनुपर्ने प्रमाण नदेखिएपछि लामिछाने विरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको महान्यायाधिवक्ताको कार्यालयले बताएको छ ।

प्रतिक्रिया