बाल्टिमोरको एक घरमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

इनेप्लिज २०७९ चैत ५ गते १२:१० मा प्रकाशित

बाल्टिमोरको एक घरमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु भएको छ । पीडितहरू १, २ र ७ वर्षका थिए, अधिकारीहरूले भने।

शनिबार बिहान बाल्टिमोरको एउटा रो-होम(जोडिएको घरहरु )मा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

बाल्टीमोर अग्नि नियन्त्रण सहायक प्रमुख रोमन क्लार्कका अनुसार आगो बिहान २:३० बजे पछि लागेको थियो। पश्चिम बाल्टिमोरको घरको दोस्रो तल्लामा सुरु भएको हो भनि एबिसीसमाचारले उल्लेख गरेको छ ।

अग्निनियन्त्रकहरूले गम्भीर अवस्थामा घरबाट तीन बालबालिकालाई उद्धार गरे, यद्यपि अग्नि नियन्त्रण अधिकारीहरूले तीनैजना उनीहरूको चोटबाट मृत्यु भएको बताए ।

एक वयस्कलाई पनि घरबाट उद्धार गरिएको छ भने गम्भीर अवस्थामा स्थानीय अस्पतालमा लगिएको अधिकारीहरूले भने।

पीडितहरूको अझै पहिचान हुन सकेको छैन र उनीहरुको के सम्बन्ध छ भन्ने अझै स्पष्ट नभएको क्लार्कले बताए ।

प्रतिक्रिया