युक्रेनी सांसदद्वारा युक्रेनको मेरीउपोलमा अचानक पुटिनको भ्रमण भए पछि आक्रोस र आलोचना

इनेप्लिज २०७९ चैत ५ गते ११:४९ मा प्रकाशित

युक्रेनी सांसदले युक्रेनको मेरीयुपोलमा अचानक पुटिनको भ्रमण भए पछि आक्रोस र आलोचना गरेका छन् ।

ओलेक्सी होन्चारेन्को, युक्रेनी सांसद र काउन्सिल अफ युरोपको संसदीय सभामा युक्रेनी प्रतिनिधिमण्डलका सदस्यले आइतवार “युद्ध अपराधी” रुसी राष्ट्रपति भ्लादिमिर पुटिनई मेरीउपोलको भ्रमण गरे पछि आक्रोश व्यक्त गर्दै आलोचना गरेका छन् । “के युद्ध अपराधीले मेरीउपोलमा गरेको नरसंहार आफ्नै आँखाले हेर्न आएका थिए ?” राती किन ? के उनि डराउँछन ?” उनले संचार माध्यम टेलिग्राममा प्रश्न गरे ।

भ्रमणका क्रममा पुटिनले त्यहाँका बासिन्दाहरूसँग कुराकानी गर्दै विमानस्थललगायत मेरीउपोलकोको पुनर्निर्माण योजनाबारे छलफल गरेको देखियो भनि सिएनएनले जनाएको छ ।

रूसी आक्रमणको क्रममा मेरीउपोल नराम्ररी क्षतिग्रस्त भएको छ ।

प्रतिक्रिया