अमेरिका र दक्षिण कोरिया बीच सैन्य अभ्यास कै क्रममा उत्तर कोरियाद्वारा समुद्रमा पुन :क्षेप्यास्त्र प्रहार ,एक हप्तामा तेश्रो क्षेप्यास्त्र प्रहार

इनेप्लिज २०७९ चैत ५ गते १०:३६ मा प्रकाशित

अमेरिका र दक्षिण कोरिया बीच सैन्य अभ्यास कै क्रममा उत्तर कोरियाद्वारा समुद्रमा पुन :क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले एक हप्तामा तेस्रो प्राक्षेपिक क्षेप्यास्त्र प्रक्षेपण गरेको एबिसीसमाचारले जनाएको छ ।

उत्तर कोरियाले आइतबार मार्च १९ का दिन समुद्रतर्फ छोटो दूरीको प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल )प्रक्षेपण गरेको हो । अमेरिका र दक्षिण कोरियाली सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेरेको प्रतिक्रियामा उत्तर कोरियाले परीक्षण गतिविधिहरू बढाएको छ।

दक्षिण कोरियाली र जापानी मूल्याङ्कनहरू अनुसार उत्तर कोरियाको उत्तरपश्चिमी टोङ्चाङ्गरी क्षेत्रबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्रले आफ्नो पूर्वी तटको पानीमा अवतरण गर्नु अघि देशभर उडेको थियो ।

क्षेप्यास्त्र ८०० किलोमिटर (५०० माइल) को दूरीमा पुगेको थियो । दक्षिण कोरिया, जापान र अमेरिकाका प्रमुख आणविक दूतहरूले दूरवार्ता (फोन)मा प्रक्षेपणको बारेमा छलफल गरे र कोरियाली प्रायद्वीप र क्षेत्रको शान्तिलाई खतरामा पार्ने उत्तेजनाको रूपमा कडा निन्दा गरेका छन् ।

सियोलको विदेश मन्त्रालयका अनुसार उनीहरू उत्तरको कारबाहीप्रति दृढ अन्तर्राष्ट्रिय प्रतिक्रिया जारी गर्न आफ्नो समन्वयलाई बलियो बनाउन सहमत भएका छन्।

दक्षिण कोरियाको सेनाले अमेरिकासँगको बाँकी संयुक्त अभ्यासलाई अगाडि बढाउने र उत्तर कोरियाको कुनै पनि उक्साहटलाई “अत्यधिक” जवाफ दिन तयार रहने बताएको छ। दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार संयुक्त राज्य अमेरिकाले दक्षिण कोरियाली युद्धक विमानहरूसँग संयुक्त प्रशिक्षणको लागि आइतबार कम्तिमा एउटा लामो दूरीको बि-१बिएस बमवर्षक उडाएको थियो।

उत्तर कोरिया बि-१बिएस को तैनातीको लागी अत्यधिक संवेदनशील रहेको एबिसी समाचारले उल्लेख गरेको छ । जापानी उपरक्षा मन्त्री तोशिरो इनोले मिसाइल जापानको विशेष आर्थिक क्षेत्र बाहिर अवतरण भएको र जहाज वा विमानमा कुनै क्षति नभएको बताए ।

प्रतिक्रिया