इक्वेडरमा आएको भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु

इनेप्लिज २०७९ चैत ५ गते ०:५४ मा प्रकाशित

इक्वेडरमा ६.८ परिमाण(म्याग्नीच्युड) को भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

दक्षिणी इक्वेडरमा शनिबार दिउँसो गएको ६.८ परिमाण (म्याग्निच्युड)को भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प दक्षिणी शहर बालाओ नजिकै आएको थियो र यसको गहिराइ ६५ किलोमिटर (लगभग ४१ माइल) भन्दा बढी थियो।

इक्वेडरका राष्ट्रपतिको सञ्चार विभागका अनुसार एल ओरो प्रान्तमा कम्तिमा ११ जना र अजुए प्रान्तमा कम्तिमा एक जनाको मृत्यु भएको छ। अधिकारीहरूले अजुएमा एक व्यक्तिको सवारी साधन( कार)मा पर्खाल भत्किँदा मृत्यु भएको थियो र एल ओरोमा पीडितहरू मध्ये कम्तिमा तीन जनाको सुरक्षा चित्रग्राहिणी धरहरा (क्यामेरा टावर) तल आउँदा मृत्यु सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

घाइते व्यक्तिहरूको अस्पतालमा उपचार भइरहेको राष्ट्रपतिले बताए भने तर थप विवरण प्रदान गरेनन भनि समाचारमा जनाईएको छ ।

संयुक्त राज्य भूगर्भ सर्वेक्षणले महत्वपूर्ण हताहत हुने सम्भावना छ र प्रकोप सम्भावित रूपमा व्यापक छ भनेको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार यस क्षेत्रमा सुनामीको कुनै चेतावनी छैन भनि समाचारमा उल्लेख छ ।

प्रतिक्रिया