रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्राइमियाको सबैभन्दा ठूलो शहर सेभास्टोपोलमा रुसले प्रायद्वीपलाई गाभेको घोषणा गरेको नौ वर्ष पूरा भएको अवसरमा शनिबार आइपुगेका छन्।
क्राइमियामा पुटिनले सांस्कृतिक-ऐतिहासिक स्मारकको उद्घाटनमा भाग लिने अपेक्षा गरिएको क्रेमलिनका प्रवक्ता डिमीट्री पेस्कोभले बताएका छन ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसबाट क्राइमियामा फिर्ता लिने वाचा गरेका छन् ।
यो हाम्रो भूमि हो। क्राइमिया हाम्रो समुद्र र हाम्रा पहाडहरू हुन् । हामीलाई तपाईहरुको हतियार दिनुहोस् र हामी हाम्रो फिर्ता लिनेछौ ,जेलेन्स्कीले जनवरीमा डाभोस मन्चमा कसैले जिज्ञाशा राख्दा जवाफ दिएका थिए । युक्रेन क्राइमिया फिर्ता लिन चाहन्छ,उनले भनेका थिए ।
रुसले गत वर्ष क्राइमियामा भएका आक्रमणका लागि युक्रेनलाई दोष दिएको छ ।
प्रतिक्रिया