भर्जिनियामा छक्का पन्जा ४ को ४ बजेर १५ मिनेटमा प्रदर्शन हुने सबै टिकट बिक्री (सोल्ड आउट ) ,तर आईतबार ७ बजे र सोमबार ७:१५ का केही टिकट बाकि

इनेप्लिज २०७९ चैत ४ गते ०:१९ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा मार्च १९ मा प्रदर्शन हुने छक्का पन्जा ४ को ४ बजेर १५ मिनेटमा प्रदर्शन हुने सबै टिकट बिक्री (सोल्ड आउट ) भएको छ । तर सोही दिन आईतबार ७ बजे र सोमबार ७:१५ का केही टिकट बाकि रहेको आयोजकका तर्फबाट अभिजित राईले ईनेप्लिजलाई बताए ।

भर्जिनियामा छक्का पन्जा ४ मार्च १९ मा २ पटक प्रदर्शन र मार्च २० मा १ पटक गरि कूल ३ पटक प्रदर्शन हुनेछ । दीपकराज गिरी र दिपश्री निरौलाले निर्माण गरेका हुन् भने छक्का पञ्जा ४ हेमराज बीसीद्वारा निर्देशित एक नेपाली चलचित्र हो ।

मार्च १९ मा ४:१५ बजे र राती ७ बजे दुई वटा प्रदर्शन हुनेछ भने दर्शकहरुको माँगलाई मध्यनजर गर्दै मार्च २० का दिन सोमबार पनि राती ७:१५ बजे पुन प्रदर्शन हुनेछ । चलचित्र भर्जिनियाको फेयरफ्याक्स स्थित सिनेमा आर्ट्स थेटर (चलचित्र मन्दिर )मा हुनेछ ।

टिकट दर केवल २५ डलर राखिएको छ भने अग्रिम रुपमा पनि खरिद गर्न सकिने छ । एवरेस्ट लायन्स फ्रेन्डशिप एसोसिसनको आयोजनामा भर्जिनियामा छक्का पन्जा ४ प्रदर्शन हुनेछ ।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, बेनिशा हमाल, दिपश्री निरौला, नीर शाह, मलिना जोशीको अभिनय रहेको छ । केही जान्न चाहेमा अभिजित राई ७०३ ६७८ ३३१७ तथा सफल बानियालाई ५७१ ५४९ ०७५० मा सम्पर्क गर्न सक्नु हुनेछ ।

छक्का पन्जा ४ चलचित्रको अमेरिका र क्यानाडाको लागि अधिकृत वितरक एभरेस्ट इन्टरटेनमेन्ट हो।

प्रतिक्रिया