दक्षिण कोरियाली राष्ट्रपतिको जापान भ्रमण अघि उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र (मिसाइल )प्रहार गरेको छ ।
उत्तर कोरियाले बिहीबार बिहानै लामो दूरीको प्राक्षेपिक क्षेप्यास्त्र(ब्यालिस्टिक) दुई नेताहरू टोकियोमा १२ वर्षमा पहिलो यस्तो शिखर सम्मेलनको लागि भेट्ने तयारी भै रहेको समयमा प्रक्षेपण गरेको छ ।
कोरियाली प्रायद्वीपको पूर्वी तटबाट बिहीबार बिहान स्थानीय समय अनुसार क्षेप्यास्त्र प्रहार गरिएको दक्षिण कोरियाका संयुक्त सेना प्रमुख तथा जापानको रक्षा मन्त्रालयले जनाएको छ ।
उत्तर कोरियाले नेता किम जोङ उनको मार्गदर्शनमा ह्वासोङ-१७ अन्तरमहादेशीय प्राक्षेपिक क्षेप्यास्त्र (इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल)आईसिबिएम प्रक्षेपण गरेको उत्तर कोरियाले पछि घोषणा गरेको छ । क्षेप्यास्त्रले ६,०४५ किमि को अधिकतम उचाइमा पुगेको थियो भने १००० किमीको दूरीमा करिव एक घण्टा भन्दा समय उडेको दक्षिण कोरियाले जनाएको छ ।
उत्तर कोरियाले पछिल्लो पटक फेब्रुअरी १८ मा लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको थियो र बिहीबार एक वर्षभन्दा कम अवधिमा चौथो अन्तरमहादेशीय प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल )प्रक्षेपण गरेको छ ।
गत आइतवार उत्तर कोरियाले पनडुब्बीबाट दुई पोतबिहार( क्रुज ) क्षेप्यास्त्रहरू प्रहार गर्यो र अर्को दिन दक्षिण ह्वाङ्घाई प्रान्तबाट दुई छोटो दूरीको प्राक्षेपिक क्षेप्यास्त्रहरु प्रक्षेपण गरेको थियो भनि सिएनएनले उल्लेख गरेको छ ।
प्रतिक्रिया