अमेरिकाको वेस्ट भर्जिनिया राज्यमा १६ वर्ष मुनिको विवाहलाई प्रतिबन्ध लगाउने विधेयक पारित भएको छ ।
सांसदहरूले १६ र १७ वर्षका बालबालिकालाई प्रतिबन्ध लगाएर विवाह गर्न दिने सहमति गरेपछि बालविवाहसम्बन्धी विधेयक वेस्ट भर्जिनियाका गभर्नरमा जाने भएको छ । उनले हस्ताक्षर गरे पछि त्यो कानुन बन्ने छ ।
हाउस अफ डेलिगेट्स( प्रतिनिधि सभा )ले शनिबार बिना बहस बिधेयक८३-९ ले पारित गर्यो। सिनेटले सदनले पहिलेको संस्करणमा परिवर्तन गरेपछि यसलाई सजिलै अनुमोदन गरेको छ । एक दिन पछि सरल तरीकाले पारित भएको हो ।
रिपब्लिकन गभर्नर जिम जस्टिसले सार्वजनिक रूपमा हस्ताक्षर गर्ने बिषयमा संकेत गरेका छैनन भनि एबिसीन्यूजले समाचार लेखेको छ ।
हाल किशोर/किशोरीहरूले वेस्ट भर्जिनियामा अभिभावकको सहमतिमा १६ वर्षको उमेरमा विवाह गर्न सक्छन । र त्यो भन्दा कम उमेरका जो कोहीले पनि न्यायाधीशको निर्णयमा विवाह गर्न सक्छन्।
शनिबार पारित भएको विधेयकले १६ वर्षभन्दा कम उमेरका जो कोहीले पनि विवाह गर्न पाउने सम्भावना हट्नेछ। १६ र १७ वर्षकाले अभिभावकको सहमति लिनुपर्नेछ र उनीहरूले आफूभन्दा चार वर्षभन्दा ठूला व्यक्तिसँग विवाह गर्न पाउने छैनन्।
सिनेट न्यायिक समितिले यसलाई अस्वीकार गरेपछि बुधबार राती बिधेयक मृत (ठानिएको थियो, तर सेन चार्ल्स ट्रम्पले बिहीबार सिनेट सभामा पुनर्जीवित गरे र शुक्रबारको अन्तिम मतदानमा सारिएको थियो ।
जबरजस्ती र बालविवाह अन्त्य गर्न खोज्ने गैरनाफामुखी समूह अनचेन्ड एट लास्टका अनुसार सातवटा राज्यले सन् २०१८ देखि विवाहका लागि न्यूनतम उमेर १८ वर्ष तोकेका छन्।
प्रतिक्रिया