मेरिल्याण्डको बिशाल बजार बाहिर एक महिलामाथि गोली प्रहार,संदिग्ध हिरासतमा

इनेप्लिज २०७९ फागुन २७ गते २०:३४ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको एक बिशाल बजार(मल) बाहिर एक महिलामाथि गोली प्रहार भएको छ भने एक संदिग्ध व्यक्तिलाई हिरासतमा लिईएको फक्स५ न्यूजले जनाएको छ ।

प्रहरीका अनुसार मेरिल्याण्ड राज्यको मोन्टगोमेरी काउन्टीको व्हिटन स्थित एक सवारी साधन अड्डा (मलको पार्किङ लट)मा शनिबार गोली लागे पछि महिलालाई अस्पताल लागिएको छ ।

मोन्टगोमेरी काउन्टी प्रहरीका अनुसार, अधिकारीहरूले वियर्स मिल रोड नामक सडकको १११६० घरसमूह अवस्थित व्हीटन मल(बिशाल बजार)मा बिहान ११:११ बजे प्रहरीलाई घटना भएको जानकारी गराईएको थियो ।

प्रहरीले घटनास्थलमा पुगेर बिशालबजारको टार्गेट र कस्कोको सवारी साधन अडान क्षेत्रमा गोली चलेको पत्ता लगाएका थिए । पीडित एक महिलाको पहिचान भएको र उनि खतरामुक्त रहेकी छिन ।

उनीहरूले संदिग्ध व्यक्तिको बारेमा ज्यादा जानकारी खुलाएनन भनि फक्सन्यूज५ ले समाचार लेखेको छ । मोन्टगोमेरी काउन्टी प्रहरीले अहिले समुदायमा कुनै खतरा नरहेको बताएको छ ।

प्रतिक्रिया