जिपि फाउन्डेशन अमेरीकाद्वारा नारी दिवस एवं फाउन्डेशन स्थापना दिवस भव्य रुपमा मनाईयो

इनेप्लिज २०७९ फागुन २६ गते २२:२९ मा प्रकाशित

८ मार्च २०२३, न्युयोर्क अमेरीका:

११३ औं अन्तर्राष्ट्रीय नारी दिवस एवं गिरीजाप्रसाद कोईराला फाउन्डेशन ( जिपी फाउन्डेशन) अमेरीकाको वार्षिकोत्सव तथा व्ल्याकहिष्ट्री महीना २०२३ एक विशेष समारोह गरी भव्य रूपमा सम्पन्न भयो। न्युयोर्क क्वीन्समा आयोजीत उक्त कार्यक्रमकी प्रमुख अतिथि क्विन्स डिस्ट्रीक्ट एटोर्नी माननीय मेलीन्दा काज हुनुहुन्थ्यो।

वहाँ र फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले संयुक्तरूपमापानसमाबत्तीवाली कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो भने वरिष्ठ पत्रकार एवं देशान्तर मेडियाका कार्यकारी अध्यक्ष तथा प्रधान–सम्पादक कबिर राणा र काउन्सील मेम्बर जुली वन विशेष अतिथि हुनुहुन्थ्यो। साथै प्रमुख अतिथिज्यू मेलिन्दा काट्जले सरल नेपालीभाषा तथा संस्कृति केन्द्र (SNLCC) स्थापना गरेर नेपाली डायस्पोराका बालबालिका र विदेशीलाई समेत नेपाली भाषा र संस्कृतिसिकाउने सानो सपना बोकेर सुरु गरेको दशौं बर्षको उपलक्ष्यमा पद्मा लींखा मगरलाई सम्मान गर्नु भयो भने न्युयोर्क राज्यका ऐसेम्ब्ली मेम्बर त्रय जेनिफर राजकुमार, स्टिभन राघा र जेसिका गोन्जालेज रोहासले उत्कृष्ठ योगदानकर्ता नारीहरू र पंच कन्याहरुलाईसम्मानपत्र प्रदान गरी बधाई दिनु भएको थियो।

सो कार्यक्रममा संयुक्त राष्ट्रसंघका विशिष्ठ प्रतिनिधि लगायत अमेरिकास्थित विभिन्न १७ राष्ट्रका महिला नेतृ एवं सामाजिकअभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। नेपालका विभिन्न सामाजिक एवं साँस्कृतीक क्षेत्रमा अग्रणी भुमीका निर्वाह गर्नुहुनेविभिन्न महानुभावहरुलाई विशेष सम्मान एवं पुरस्कृत समेत गरीएको थियो।स्थानीय उड्साईड स्थित गुल्सन टेरेसमा साँझ ५ बजे देखी राती १० बजेसम्म संचालित उक्त कार्यक्रममा बिभिन्न देश, भाषा, धर्म र समुदायका नारी एवं पुरूषहरूको बाक्लो सहभागितादेख्दायस्तो लाग्थ्यो, विश्वको ठुलो हिस्सा आफ्नो शसक्त उपस्थिती साथ नारी दिवसलाई भव्यतासाथ मनाईरहेछ। नेपाली पंचकन्या, नेपालीलोक एवं सांस्कृतिक नृत्यका साथै, चिनियाँ साँकृतिक कार्यक्रम, भारतीय पंजाबी नृत्य विशेष आकर्षणका केन्द्र बनेका थिए।

कार्यक्रमलाई विशेष सम्बोधन एवं शुभकामना मन्तव्य दिनुहँदै प्रमुख अतिथि माननीय न्मेलीन्दा काजले नेपाल र नेपाली समुदायकोउच्चसम्मान गर्दै जिपी कोईराला फाउन्डेशनले गरेको सामाजिक कामको आफुहरूले उच्च मूल्यांकन गरेको र आगामी दिनहरूमा अझैशसक्तढंगले समाजसेवा गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो।कार्यक्रममा बिभिन्न सामाजिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरूलेसंक्षिप्तमन्तव्य दिँदै नारी दिवसको महत्व एवं फाउन्डेशनका गतिविधिहरूको प्रशंसा गर्नुभएको थियो।

कार्यक्रको सुरुवात अमेरिका र नेपालको राष्ट्रिय गान वाट भएको थियो भने स्वागत नृत्य वरिष्ठ नृत्य निर्देशक गोविन्द राई र वरिष्ठकलाकार बसन्ती राई वाट भएको थियो। त्यस पछि लगत्तै वरिष्ठ लोक दोहोरी गयिका संगीता थापाले राष्ट्रीय गान गाएर सबैलाईनेपालको झ-झल्को दिलाईन।

कार्यक्रमको संचालन एवं उद्घोषण गरिमा ज्ञवाली र पुजा कुँवर क्षेत्रीले संयुक्त रूपमा गरेका थिए भने फाउन्डेशनका अध्यक्ष सोमनाथघिमीरेले आमन्त्रित अतिथीगणको स्वागत एवं मन्तव्यदाताको आमन्त्रणमा सहजता प्रदान गर्नुभएको थियो।

कार्यक्रम अत्यन्त सफलतापूर्वक संपन्न भएको र यसरी सम्पन्न गर्न आफुहरूको पुरै टीमको साथ रहेको भन्दै अध्यक्ष घिमीरेले उपाध्यक्षसुवर्ण लामा, महासचिव छिरींग राप्के लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू क्रमशःसुर्यसिंखडा, ध्रुव कुँवर क्षेत्री, राजेश आचार्य, प्रेम अधिकारी क्षेत्री, रेखा श्रेष्ठ र चुन्डी शेर्पाको अथक खटाईको उच्च प्रशंसा गर्दै एकता नैबल हो भन्नेकुरा प्रमाणित भएको बताउनुभयो ।वहाँले कार्यक्रम प्रायोजन गर्न आर्थिक, भौतिक एवं नैतिक समर्थन गर्ने सबैलाईफाउन्डेशनका तर्फवाट धन्यवाद टक्रयाउँदै उपस्थित सबैमा फाउन्डेशन परीवारको तर्फवाट आभार प्रकट गर्नुभएको थियो र विशेषधन्यवाद छ मिडिया साझेदार हरूलाई(Media Partners) भने हेलो अमेरिका टिभीका मुख्य सम्पादक (पत्रकार) एवं भिडियोग्राफरसम्राट कार्की, वरिष्ठपत्रकार वि.के. नेवा र MNTVकी कार्यकारी निर्देशक सुनिता शर्मा कोईरालाको उपस्थितीले नेपाली मिडियाकोप्रतिनिधित्व गरेको थियो भने भारतीय मिडिया, बंगलादेश मिडिया, चिनियाँ मिडिया, क्यारिबियन मिडिया, भुटानी मिडिया, पाकिस्तानीमिडिया र स्थानीय मिडियाका पत्रकारहरुको पनि उपस्थिती रहेको थियो।

यस्तो कार्यक्रम न्युयोर्कमा पहिलो पटक र ऐतिहासिक भएको भन्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीकी अघ्यक्षगिताखत्रीले प्रसंसा गर्नु भएको थियो। नेपाली संघ संस्थाहरु वाट क्रमश: US Nepal Climbers Association का अध्यक्ष पासाड॰निमा शेर्पा, तमु परिवार न्युयोर्ककी अध्यक्ष मनिता गुरूड॰, नेपाल भिजनका अध्यक्ष मोहन श्रेष्ठ, NRNA-NCC USA NY Chapterका अध्यक्ष आड॰ छिरिड॰ शेर्पा, हामी नेपाली ग्लोबल केन्द्रका उपाध्यक्ष नवराज के.सी., United Kiran Rai America का उपाध्यक्ष केशब राम राई, नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष नीसा सुनार, Peace Initiative Bhutanका सह-संयोजकजय सुवेदि र दिपिसा के सि, Syangja Samaj Americaकी अध्यक्ष विमला श्रेष्ठ हमाल, Bhutanese American Community-OHका अध्यक्ष मनोरथ खनाल, CEO at Sunshine Taekwondo Academy, 5th Degre Black belt , Referee USA , International Master , Lyricist, Choreographer श्रीमती कौशिला खनाल कर्मचार्य, NRNA NCC USAका सल्लाहकार विरेन्द्र जंग केसि, वरिष्ठ समाजसेविहरु क्रमश: डा. गोविन्द कोईराला, राम खत्री, राम वावु पन्त, सिता खरेल, शोभा सिवाकोटी, कृष्ण महर्जन, आदित्य महर्जन, सन्त रिसाल, बिरेन्द्र मानन्धर, कल्पना पन्त, मोहिनी सैंजु, लक्ष्मी सैंजु, निलमणि खरेल, डा. शंकर बिसुंके, डण्डपानि (बासु) लामिछाने, दिनदयाल भण्डारी, शोभा कान्त पाण्डे, ऐट्ना कार्की, निमा ल्हमो, चोन्जोम लामा, अनिसा थापा, सुस्मीता लामा लगायतको उपस्थिती रहेको थियो।CSW UN Womenको महिलाको स्थितिसम्बन्धी आयोगको ६७औँ अधिवेशनमाभाग लिन नेपालवाट महिला एंव पुरुष अधिकारकर्मीहरु क्रमश: बाल कृष्ण अधिकारी, रजनि रायमाझी, देवी सुनार, गीता रसाईली, सृजना लोहनी, सन्तोषी पाण्डे, डा. मिनाकर्ण र कमला पन्तको पनि यस फाउण्डेशनको कार्यक्रममा उपस्तिथ रहेको थियो भने वॅंहाहरुकोतर्फ वाट डा. मिना कर्णले आफ्नो मन्तव्य राख्नु भएको थियो।

ईण्डियन अमेरिकन ICCD का महासचिव सलिम सऐद, पाकिस्तान अमेरिकन कम्युनिटी इन यु एस ए का सिनियर उपाध्यक्ष वासिमसयेद, श्रीलंकन अमेरिकी तास्मिना ईंक का अध्यक्ष अर्साथ ऊथुलेमेवे, बंगलादेश अमेरिकन डेमोक्र्याटिक क्लव ईंककी महिला संयोजकनुर्सत अलाम लगायतको उपस्थित रहेको थियो।

यस कार्यक्रममा न्युयोर्क राज्य गोभर्नरको प्रतिनिधित्व ऐसियन ऐमेरिकनकी ऐफियर्सकी डाईरेक्टर ईलेन फानले गरेकी थिईन भनेन्युयोर्कशहर मेयरको कार्यालय वाट मेयर ऐरिक अडम्सको प्रतिनिधित्व साउथ ऐसियन कम्युनिट ऐफियर्सकी सुकरानी धनपतले गरेकिथिईन।NYC कम्पट्रोलर ब्राड ल्यान्डरको प्रतिनिधित्व क्विन्सका डाईरेक्टर देम्स मुंगेलुजोले गरेका थिए।

अन्तमा १६औं पटक Guinness Book of World Records का बिजेता दिनेस सुनार पार्करले आफ्नो १७औं गिनिज बुक अफवर्ल्डरेकर्डका लागि प्रदर्शन गरेर कार्यक्रम समापन भएको थियो भने रोजिना सुवेदीको दमदार नृत्य पस्तुती रहेको थियो र निलम खनाललेराम्रो स्वरमा गाउँदै सबैलाई भावुक बनाएका थिए।

सो कार्यक्रममा खानाको व्यवस्थापन टेष्ट अफ नेपाल एंव टेष्ट अफ लाहोरकी प्रोपाईटर एवं फाउन्डेशनकी कार्यसमिति सदस्य रेखाश्रेष्ठले गर्नुभएको थियोभने साउण्ड सिस्टम डि जे एल एस जाड॰बु शेर्पा ले थर्काएका थिए। यसैगरी अतिथिहरूलाई खादाको प्रायोजननेपाल भिजनका संस्थापक मोहन श्रेष्ठले गर्नुभएको थियो भने खादा र ब्याज अतिथीहरुलाई लगाउने कार्य चुण्डी शेर्पा र भावनासिमंखडाले गर्नु भएको थियो।

कार्यक्रम अत्यन्त सफल भएको र प्रवासमा गरीएका आम कार्यक्रममध्येमा बहुराष्ट्रीय, समावेशी एवं उत्कृष्ठ कार्यक्रम रहेको आफुलेमहसूस गरेको संस्थाका प्रवक्ता रामचन्द्र आधिकारीले बताउनुभयो।

प्रतिक्रिया