हिमालय फ्रि क्लिनिकले आयोजना गर्ने कोष वृद्धि (फन्ड रेजिङ्ग )रात्री भोजनमा कार्यक्रममा सहभागी हुन् आह्वान , सांगीतिक कार्यक्रम पनि हुने

विजय थापा २०७९ फागुन २५ गते २३:४५ मा प्रकाशित

हिमालय फ्रि क्लिनिकले आयोजना गर्ने कोष वृद्धि (फन्ड रेजिङ्ग )रात्री भोजनमा कार्यक्रममा सहभागी हुन् आह्वान गरिएको छ । आयोजना हुने उक्त समारोहमा सांगीतिक कार्यक्रम पनि हुने आयोजकले इनेप्लिजलाई बताए ।

आयोजकले आगामी शनिबार ,मार्च १८ ,२०२३ का दिन भर्जिनियाको फेयरफ्याक्स स्थित तन्दुरी नाइट्स चमेनागृहमा कार्यक्रमको आयोजना हुनेछ । हिमालय फ्रि क्लिनिक (हिमालय निशुल्क उपचार कक्ष )अमेरिकी सरकारको ५०१ सी अन्तर्गत दर्ता भएको गैर मुनाफाजनक संस्था हो ।

उओ कोष वृद्धि कार्यक्रम केवल समुदायको सेवाको लागि गरिएको हो । साथै कार्यकममा केही सांगीतिक कार्यक्रम पनि हुने छन् । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा श्रीधर खत्रीको प्रमुख आतिथी रहने छन् ।

छोटो सांगीतिक कार्यक्रममा कलाकारहरुमा श्याम सुन्दर ,खेम संग्रौला ,केसी डान्स सेन्टरका नविन केसी तथा लुना श्रेष्ठ तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति हुनेछ ।

कार्यक्रम साँझ ६ बजे देखि राती १० बजे सम्म हुनेछ भने कोष वृद्धि कार्यकममा सहभागी हुन् चाहनेले एकजनाको लागि एक सय डलर र जोडीलाई १५० डलर राखिएको छ ।

यस बिषयमा थप जानकारी चाहिएमा स्वास्थ्य परिचारिका (आरएन) तथा हिमालय फ्रि क्लिनिककी कार्यकारी निर्देशक मंजु संग्रौला,चिकित्सक गुणराज सुबेदी तथा चिकित्सक अनिल सुवालसंग सम्पर्क गर्न सक्नु हुनेछ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया