जर्मनीको ह्याम्बर्गमा रहेको एक गिर्जाघर (चर्च)मा गोली चल्दा कम्तिमा ६ जनाको मृत्यु ,कम्तिमा ७ जना घाइते

इनेप्लिज २०७९ फागुन २५ गते २३:०९ मा प्रकाशित

जर्मनीको ह्याम्बर्गमा रहेको एक गिर्जाघर (चर्च)मा गोली चल्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने कम्तिमा ७ जना घाइते भएको प्रहरीले जनाएका छन् ।

जर्मनीको ह्याम्बर्गको एउटा गिर्जाघरमा बिहीबार राति भएको गोलीकाण्डमा कैयौं व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

सामाजिक संजाल एक ट्वीटमा ह्याम्बर्ग प्रहरीका अनुसार ग्रोबबोर्स्टेल जिल्लाको डिलबोग सडकमा रहेको एउटा गिर्जाघरमा गोली चलाइएको थियो।

ट्वीटमा प्रहरीहरु घटनास्थलमा पुगेको र धेरै व्यक्तिहरू गम्भीर रूपमा घाइते भएका छन भनि उल्लेख गरिएको छ ।

घटना राति ९ बजेतिर भएको स्थानीय संचार माध्यमले जनाएको छ । स्थानीय समय अनुसार गिर्जाघरमा कार्यक्रम चलिरहेको थियो भनि सिएनएनले जनाएको छ ।

प्रतिक्रिया