नयाँ बिहानी सँगै दीप जलाएर………………..

गोबिन्द राज ओझा (राजन) २०७९ फागुन २५ गते ११:०४ मा प्रकाशित

नयाँ बिहानी सँगै दीप जलाएर प्रतिज्ञा गर्दछु
प्यारो राष्ट्र नेपालको बारेमा सोच्न बाध्य भएको छु

यो देश, यो माटोले हामीलाई धेरै कुरा सिकाएको छ
सबै नेपालीहरूले मिलेर इतिहास जगाउनु छ
सत्ता र धन नै सबै थोक माने क्रान्तिकारी हु भन्नेले
आफ्नो कर्तव्य भुलेर गए ठुला ठुला परिवर्तनका कुरा गर्नेले

ठुला ठुला विधि पद्धतिका कुरा मात्र गर्‍यौ
हाम्रो देशभक्ति कहाँ गयो एक पल्ट सोचौँ
जनताले गरेका आशा र भरोसाको बारेमा सोचौँ
हाम्रो देशभक्ति कहाँ गयो एक पल्ट सोचौँ

यो देश बचाउन पुर्खाहरू फाँसी चढ्नसमेत तयार भए
आउँ लिम्पियाधुरा, लिपुलेक र कालापानीको बारे केही बोल्ने भए
नयाँ बिहानी सँगै दीप जलाएर प्रतिज्ञा गर्दछु
प्यारो राष्ट्र नेपालको बारेमा सोच्न बाध्य भएको छु

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया