नारी

इनेप्लिज २०७९ फागुन २५ गते १:५३ मा प्रकाशित

हामी नारी
यस सुन्दर धर्तिका रचनाकार
सृष्टि कर्ता मानव जातिका
दयाका खानी
प्रेमका सागर र
कोमलताका पहिचान
नारी बिना यो सृष्टि
न रचिन्छ, न चल्छ।

हामी नारी जाति एक नाम अनेक
हजुर आमा, आमा छोरी-बुहारी,
दिदी-बहिनी भाउजु माईजु, नन्द अमजु,
अर्धागीनि, हुदै पूर्णाङ्गिनी आदि आदि

कति भाग्यमानी
हामी नारी
जाति एक नाम अनेक
विभिन्न अभिनयमा
काम गर्छौं हरेक।

हामी नारी
सृष्टिका शान
समाजको ईज्जत
घर परिवारको सम्मान

त्यसैले आउनोस,
हामी हातेमालो गरौँ
हाम्रो दृष्टि बदलौं,
व्यबहार निखारौं र
एक उदाहरण बनौं।

किन कि
हाम्रो सुन्दर दृष्टिले
हाम्रो असल व्यवहारले
सुखी परिवारको निर्माण गर्नु छ
नमुना समाजको सिर्जना गर्नु छ र
एक सुन्दर संसारको परिकल्पना गर्नु छ ।

हजुरहरु सबैलाई नारीदिवसको धेरै धेरै शुभकामना।

अन्जली ढकाल ( यु एस ए )
मार्च ८, २०२३

प्रतिक्रिया