काठमाडौँमा गोलभेडाले खेलियो होली महोत्सव

इनेप्लिज २०७९ फागुन २३ गते ०:१० मा प्रकाशित

काठमाडौँमा गोलभेडाले होली महोत्सव खेलिएको छ । होलीजस्तै ‘ला टोमाटिनो फेस्टिभल’ अर्थात् उत्सव भव्यताको साथ मनाईएको छ ।

ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले होलीको अवसरमा होली तथा ला टोमाटिनो समारोहको आयोजना गरेको हो ।

नेपाली संस्कृतिसँगै विदेशी संस्कृतिको आदान प्रदान गर्न मद्दत गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको हो । गत सोमबार फागुन २२ का दिन दिउँसो १२ बजेदेखि नेपाल स्काउट लैनचौरमा आयोजना गरिएको थियो ।

ला टोमाटिनो महोत्सव युरोपको स्पेनमा आयोजना हुने प्रसिद्ध पर्व हो । ला टोमाटिनाे उत्सव (फेस्टिभल )नेपालमा मनाइने होली जस्तै पर्व हो । यस महोत्सवमा रङ तथा पानीको विकल्पमा पाकेको गोलभेडा प्रयोग गरिने गरिन्छ ।

आयोजकले ४० क्रेट टमाटर किसानबाट किनेको थियो भने महोत्सवमा महिला कबड्डीको पनि आयोजना गरिएको थियो ।

प्रतिक्रिया