रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीकी छोरीद्वारा पुटिनलाई युक्रेनमा युद्ध अन्त्य गर्न र आफ्नो बुबालाई रिहा गर्न आह्वान

इनेप्लिज २०७९ फागुन २० गते १३:४३ मा प्रकाशित

एलेक्सी नाभाल्नीकी छोरीले पुटिनलाई युक्रेनमा युद्ध अन्त्य गर्न र आफ्नो बुबालाई रिहा गर्न आह्वान गरेकी छिन ।

कारागारमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीकी छोरी दशा नवल्नायाले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि सन्देश साझा(शेयर) गरेकी छिन् ।

मैले उहाँलाई भन्नु पर्ने केहि चीजहरू छन् भन्दै सन्देश दिएकी छिन । पुटिनले युक्रेनमा यो अविश्वसनीय अनावश्यक र भयानक आक्रमण रोक्नु पर्छ। उनले मेरो बुबा र सबै रुसका राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपर्दछ।

जो केवल एक राम्रो लोकतान्त्रिक, अझ समृद्ध देशको लागि लडिरहेका छन्। र ,ती दुईवटा प्राथमिक लक्ष्यहरू पूरा नभएसम्म हामी लडाइँ छोड्ने छैनौं ,उनले भनिन ।

उनले सीएनएनको एरिन बर्नेटलाई अन्तर्वार्ताको क्रममा उनले उक्त कुरा स्पष्ट संग राखेकी हुन् । नाभाल्नी एक क्रेमलिन आलोचक र राजनैतिक कार्यकर्ता, धोखाधडीको आरोपमा नौ वर्षको कारागार सजाय सुनाइएको छ ।

उनले एक पटक उनको बुबा झ्यालखाना बाट रिहा भएपछि रुस स्वतन्त्र र निष्पक्ष चुनाव गर्न सक्षम हुने देश नभएसम्म उहाँ लडाइँ जारी राख्नुहुनेछ भनिन ।

२१ वर्षीया नवल्नायाले एक वर्षभन्दा बढी समयदेखि आफ्नो बुबालाई व्यक्तिगत रूपमा नदेखेको बताइन्।

प्रतिक्रिया