कोलोराडोका अभिभावक तथा समाजसेवी नारायण श्रेष्ठद्धारा लिखित अ लाईफ अफ गिभिङ पुस्तक लोकार्पण

नातिबाबु भट्ट २०७९ फागुन १५ गते १०:४१ मा प्रकाशित

नातिबाबु भट्ट
फेब्रुअरी २६, २०२३
कोलोराडो, अमेरीका

कोलोराडोमा निवासी नेपाली समुदायका अभिभावक बिकास प्रेमी समाजसेवी नारायण श्रेष्ठद्धारा लिखित पुस्तक “अ लाईफ अफ गिभिङ ” शनिबार एक समारोह बिच लोकार्पण सम्पन्न भयो ।

पुस्तकको अनेसास बोर्ड अफ ट्रष्टी अध्यक्ष पदम बिश्वकर्मा, समाजसेवी डा. विजयराज शर्मा, लेखक स्वयं नारायण श्रेष्ठ, अनेसास केन्द्रिय सदस्य तारा अधिकारी, कलाकार, साहित्यकार तथा अनेसास कोलोराडो च्याप्टरका सल्लाहकार निर्मल प्याकुरेल र च्याप्टर अध्यक्ष राजु सिटौलाबाट संयूक्क्त रुपमा लोकार्पण गरिएको थियो ।

अंग्रेजी भाषामा लेखिएको पुस्तक १८ च्याप्टर २९२ पृष्ठ लामो रहेको छ । यसमा लेखकले आफ्नो जिवन काहानी तथा आफ्नो आत्मा कथाको शुन्दर भाषा शैलीमा उतारेका छन् । बि.सं २००८ सालमा नेपालको बिकट जिल्ला संखुवासभा जन्मिएका श्रेष्ठ युवा अबस्थामा नै जिवन देखी बिरक्तीएर अरुण नदिको पुलबाट हाम फाली आत्माहत्या गर्न घरबाट निश्कदा घोडाले बचाएको थियो । त्यस घटनाको एक बर्ष नबित्दै सन् १९७७ मा अमेरीका आउने मौका पाएका थिए ।

लेखकले पुस्तकमा प्रवासमा आप्रवासीहरुले गर्नुपर्ने संघर्ष ,परिश्रम, भोग्नुपर्ने पिडा र मातृ भुमीको माया सिलसिलेबार रुपमा उजागर गरेका छन् । सन् १९८५ देखी अमेरीकाको कोलोराडोलाई कर्मथलो बनाएका लेखक श्रेष्ठले सन् १९९२ मा हेपिङ हेण्ड नामक गैह सरकारी संस्था खोली त्यसकै माध्यमबाट नेपालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्न थालेका थिए । नेपाल र अमेरीकाको Student Exchange Program मार्फत धेरै नेपालीलाई अमेरीका र धेरै अमेरीकीहरुलाई नेपाल पु¥याएका श्रेष्ठले नेपालको धेरै बिकट स्थानहरुमा बसोबास गर्ने नेपालीलाई सयौ स्वास्थ शिवीर मार्फत स्वास्थ्य सेवा पु¥याई सकेका छन् ।

मृदुभाषी सालिन ब्याक्तित्व भएका श्रेष्ठले नेपालमा मात्र होईन हेपिङ हेण्ड संस्था मार्फत निकारागुवा, भियतनाम, भुटान अफ्रीका लगायत देशका बिकट बस्तीहरुमा शिक्षा, स्वास्थ्य क्षेत्रमा सेवा पु¥याई रहेका छन् । धेरै अन्तराष्ट्रिय सम्मलेलनहरुमा कार्यपत्र प्रश्तुत गरेका श्रेष्ठले धेरै राष्ट्रिय अन्तराट्रिय पुरस्कार तथा मान पदवीबाट सम्मानित भईसकेका छन् । उनी हालैमात्र खादबारी ताराको पदवीले सम्मान भएका थिए ।


मानिसको शरिरलाई मन्दिर र मुटुलाई देवता संझेका श्रेष्ठले दुःखीलाई सेवा गरेपछिको उसको मुस्कानले आफलाई आगाडी बढ्न उत्पेरीत गरेको बताएका छन् । आफ्नो जिवनको ३५ बर्ष भन्दा बढि समाज रुपान्तरणमा खर्चियका श्रेष्ठले अमेरीकामै पहिलो पटक कोलोराडोका बोल्डरमा नेपाल डे परेटको शुरुआत गरेका थिए । त्यसैगरी नेपाल र कोलोराडोका बिभिन्न शहरलाई सिष्टर सिटी बनाउन उनको ठुलो देन रहेको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा बु्मफील लाइबेरीमा सम्पन्न कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवी कवयत्री, साना बाल बालिका, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

च्याप्टरका अध्यक्ष राजु सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा श्रेष्ठको ब्यात्तित्व चर्चा पदम विश्वकर्माले गरेका थिए भने पुस्तक चर्चा डा.विजयराज शर्माले ज्यादै कुशलता पूर्वक गरेका थिए । त्यसैगरी समाजसेवी ब्यावसायी शुनिल पाठक, रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका अध्यक्ष टिका पौडेल नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकाल, एनआरएन कोलोराडो च्याप्टरका कार्यभार अध्यक्ष शंकर गुरुङ र अनेसास सल्लाहकार बासु खनालले शुभकामना मन्तब्य दिएका थिए । अनेसास च्याप्टर महासचिव किरण अधिकारीद्धारा संचालित कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष विजयदेव अधिकारीले स्वागत गरेका थिए ।

कार्यक्रममा अनेसास कोलोराडो च्याप्टरका पूर्व सल्लाहकार तथा बर्तमान सल्लाहकारहरुलाई बिभिन्न अतिथीहरुद्धारा खादा लगाई दिई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा गत सरस्वती पुजाको अवशरमा सम्पन्न बाल कविता प्रतियोगीतामा सहभागी बाल कवी कवयत्रीहरुलाई पनि प्रमाण पत्र प्रदानगरी सम्मान गरिएको थियो ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया