भर्जिनियामा धेरै बैंक डकैतीमा संलग्न संदिग्ध पक्राउ

इनेप्लिज २०७९ फागुन १५ गते १:५२ मा प्रकाशित

अमेरिकाको भर्जिनियामा धेरै बैंक डकैतीमा संलग्न संदिग्ध पक्राउ परेका छन । प्रहरीद्वारा खोजीमा रहेका (वान्टेड) एक संदिग्धलाई प्रिन्स विलियम काउन्टी प्रहरी विभागले पक्राउ गरेको छ।

गत बिहीबार फेब्रुअरी ९ का दिन बिहान १० बजेको केही समयपछि प्रहरीहरुलाई ट्रुइष्ट बैंक डकैती भएको भन्दै बोलाइएको थियो।

प्रहरीका अनुसार एक अज्ञात पुरुष संदिग्ध व्यक्ति बैंकमा प्रवेश गरी खजाञ्चि(टेलर)लाई सानो टिपोट (नोट ) पठाई पैसा मागेका थिए । शंकास्पद व्यक्तिले भाग्नु अघि अज्ञात रकम लिएका थिए । उनिसँग कुनै हतियार नभएको र कसैलाई पनि कुनै चोटपटक नलागेको प्रहरीले बताए ।

के – ९ इकाई र फेयरफ्याक्स काउन्टी प्रहरीले उदग्रबिमान (हेलिकप्टर) सहित व्यापक खोजीको अतिरिक्त संदिग्ध फेला पारेनन । डकैतीको घटनास्थलबाट अदालती (फोरेन्सिक )प्रमाणहरू सङ्कलन गरिएको थियो जसले अन्ततः जासूसहरूलाई संदिग्धको पहिचान निर्धारण गर्न अनुमति दियो। दुई हप्ता पछि बिहीबार फेब्रुअरी २३ मा प्रिन्स विलियम काउन्टीका जासूसहरूले घटनाको सम्बन्धमा डम्फ्रिजका २७ वर्षीय डेभिड इमानुएल एन्ड्र्यूजलाई पक्राउ गरे।

स्पोटसिल्भेनिया काउन्टी शेरिफको कार्यालयका अनुसार एन्ड्रयूजलाई स्पोटसिल्भेनियामा बुधबार फेब्रुअरी २२ मा भएको दुई वटा बैंकहरुमा लुटपाटमा संलग्न भएकोले उनि नै त्यही संदिग्ध भएको पहिचान गरिएको थियो ।

प्रहरीहरु त्यहा पुगे पछि संदिग्ध घटनास्थलबाट भागेका थिए। घटनास्थलमा अनुसन्धान र प्रमाण पुन: प्राप्ति पछि जासूसहरूले संदिग्ध एन्ड्रयूज नै हो भनेर निर्धारण गरे।

स्पोटसिल्भेनिया काउन्टी शेरिफको कार्यालय साथै स्टाफर्ड काउन्टी शेरिफको कार्यालयले एन्ड्रयूजको गिरफ्तारीमा प्रिन्स विलियम काउन्टी प्रहरी विभागलाई सहयोग गर्‍यो भनि डब्लु आरआईसी एबिसी न्यूजले समाचार लेखेको छ ।

तस्बिर कृतज्ञता :प्रिन्स विलियम काउन्टी प्रहरी

प्रतिक्रिया