सर्बज्ञसँग साहित्यिक कुरा : साहित्यकार तीर्थ पाण्डेसँग साहित्यिक चर्चा-शृंखला -१

इनेप्लिज २०७९ फागुन १४ गते २३:०८ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा साहित्यकार सर्वज्ञ वाग्लेले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )पुरस्कार समिति २०२२-२०२६ का संयोजक साहित्यकार तीर्थ पाण्डेसँग गरेको साहित्यिक चर्चा :

सर्बज्ञ : आजकल तपाई अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ ? अव अनेसासको पुरस्कारलाई कसरी अगाडि बढाउने बारे सोच्नु भएको छ ?

तीर्थ : सामान्य नै छ आफ्नो मन प्रसन्न राख्न समय मिल्यो कि काव्यहरू पढ्छु , पुरस्कारमा पारदर्शिताको लागि मेरो बर्कतले सके जति काम गर्दैछु बाकी यहाँहरूबाट सुझावको अपेक्षामा छु ।

सर्बज्ञ : तपाईले साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुहुन्छ ?

तीर्थ : साहित्य जीवनको कडी हो जीवन अनमोल उपमा हो यसको सक्दो भोग गर्नु सिकाउने प्रेणा दर्शन हो ।

सर्बज्ञ : नेपाली साहित्यको भविष्य कस्तो देख्नु हुन्छ ?

तीर्थ : अति सुन्दर छ अवस्य पनि यसको उजागर का लागि धेरै मेहनत गर्नु पर्ने छ ।

सर्बज्ञ : अनेसास जस्तो साहित्यिक संस्थालाई कसरि हेर्नु हुन्छ ? तपाई त ट्रष्टिमा पनि हुनु हुन्छ ।अमेरिका जस्तो व्यस्त ठाऊॅमा साहित्यको सेवा पनि गर्नु भएको छ र घर परिवार यो कसरि समय मिलाउनु भएको छ ?

तीर्थ : अनेसास साहित्यिक मनहरूको ढुकढुकी हो । सस्थाको वागडोर कसले समालेको छ भन्नु भन्दा पनि यसले कस्ता गति बिधिहरु गर्दैछ भनेर हेर्नु राम्रो कुराहो । सस्थाको बिधान अनुरुप यो चलेको छ तपाई हामी यसमा ढुक्क हुनु पर्छ । साहित्य भावना भएका मनहरुलाई साहित्य सेवामा समर्पित हुन गाह्रो हुदैन र म पनि सक्दो प्रयासमा छु ।

सर्बज्ञ : शुरूका दिनमा साहित्यमा लाग्न कसरि प्रेरणा आयो ?

तीर्थ : आमाले गुनगुनाउने गीताका श्लोकहरु मेरा लागि मार्ग निर्देशक बने पछि कलेज पढ्दा मेरी सहपाठी प्रतिमा ढकालसँग नजिकिन पुगे र वहाको बारेमा मैले धेरै वटा कविताहरू लेखे जीवनले नया अध्याय थप्यो ।

सर्बज्ञ : तपाईलाई साहित्यमा राम्रो गर्न के गर्नु पर्छ जस्तो लाग्छ ?

तीर्थ : साधना सिक्नु जरुरी छ ।

सर्बज्ञ : अहिले तपाईॅले सोचे जस्तो लेख्न र अध्यायन गर्न सक्नु भएको छ ?

तीर्थ : म आफै भासा संक्रमण को संहार मा छु सोचेको र खोजेको यो हुँदै होइन ।

सर्बज्ञ : नेपाली साहित्य र साहित्यकारको भविष्य कस्तो देख्नु हुन्छ ?

तीर्थ : राम्रो छ साहित्यकारमा धैर्यता हुनु पर्छ हामीहरु अलि अधैर्यताको बाटोमा छौं

सर्बज्ञ : तपाईले अहिले सम्म कतिवटा पुस्तक लेख्नु भएको छ ? र अहिले के लेख्दै हुनु हुन्छ ?

तीर्थ : २ वटा खण्ड काब्य र १ उपन्यास प्रकासित छन् “कहाँ छ नेपाल” नामको उपन्यास लेख्दै छु ,महाकाली देखि अमेरिकाको भोगाई समेट्दैछु ।

सर्बज्ञ : कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ?

तीर्थ : म काब्यको बिद्यार्थी हो मलाई काब्य नै बढी मनपर्छ

सर्बज्ञ : तपाईको मन पर्ने साहित्यकार को को हुनु हुन्छ ? र किन ?

तीर्थ : लक्ष्मी प्रसाद देवकोटा , काब्यमा जीवन्तता भर्ने कबि हुन ।

सर्बज्ञ : अन्त्यमा मैले सोध्न बिर्सेको र स्वयं तपाईलाई भन्न मन लागेका कुनै कुराहरू छन् भने भन्न सक्नु हुन्छ ?

तीर्थ : महाकाली र कर्णालीको साहित्य प्रवासमा कमी छ समग्र नेपाली साहित्य मा ती कोकिलाहरू प्रस्फुटन गरे र प्रदर्शनी गर्न हातेमालो गरौं ।

[email protected]

प्रतिक्रिया