जर्मन चान्सलर स्कोल्ज र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्तामा युक्रेनबारे छलफल

इनेप्लिज २०७९ फागुन १४ गते १८:०४ मा प्रकाशित

जर्मन चान्सलर स्कोल्ज र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्तामा युक्रेनबारे छलफल भएको छ ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले गत शनिबार भारतको राजकीय भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट सगै युक्रेनको युद्धको प्रभावमा परेको बिषयमा चर्चा गरे ।

युक्रेनमा रूसको आक्रमणको स्पष्ट रूपमा निन्दा गर्न अस्वीकार गरेकोमा भारतले आलोचनाको सामना गरेको छ, जबकि जर्मनीले कीभलाई हतियार र सहायता प्रदान निरन्तर दिई रहेको छ ।

“युक्रेनमा घटनाक्रम सुरु भएदेखि भारतले यो विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न जोड दिएको छ, भारत कुनै पनि शान्ति प्रक्रियामा योगदान गर्न तयार छ,” मोदीले पत्रकारहरूसँग भने।

“यो महत्त्वपूर्ण छ कि संयुक्त राष्ट्र संघमा पनि हामीले यस विषयमा हामी कहाँ उभिएका छौं भनेर बारम्बार स्पष्ट रूपमा बताउनुपर्छ,” जर्मन नेताले भने।

हामीलाई थाहा छ कि यो युद्धले मौलिक सिद्धान्तको उल्लङ्घन गर्दछ जर्मन नेताले भने । हिंसाको प्रयोग गरेर सिमाना परिवर्तन गर्नुहुन्न भन्ने विषयमा हामी सबै यति लामो समयसम्म यसमा सहमत भएका थियौं ,उनले थपे ।

जर्मनी आतंकवाद विरुद्धको लागि भारतसँग राम्रो साझेदार हुनेछ । दुबै देशहरू पनि सीमापार आतंकवाद अन्त्य गर्न ठोस कदम चाल्न आवश्यक छ भन्ने कुरामा सहमत छन ,मोदीले भने ।

स्कोल्जले दुई राष्ट्रहरू बीच हालैका आर्थिक सम्झौताहरूको प्रशंसा पनि गरे । भारतमा १,८०० जर्मन सँस्था (कम्पनी)हरूले दशौं हजार मानिसहरूलाई रोजगारी दिएको कुरा औंल्याए भनि युपिआईले समाचार लेखेको छ ।

प्रतिक्रिया