लट्ठा फालहाल्ने(पोल भल्ट)का ओलम्पिक बिजेता आर्मान्ड डुप्लान्टिसद्वारा छैटौं पटक विश्व कीर्तिमान

इनेप्लिज २०७९ फागुन १४ गते १६:५७ मा प्रकाशित

लट्ठा फालहाल्ने(पोल भल्ट)का ओलम्पिक बिजेता आर्मान्ड डुप्लान्टिसद्वारा छैटौं पटक विश्व कीर्तिमान कायम गरेका छन् । उनि केवल २३ वर्षका मात्र हुन् तर आर्मान्ड डुप्लान्टिस पहिले नै खेलकुदका महान खेलाडी भएको प्रमाणित गरि सकेका छन् ।

ओलम्पिक, विश्व र युरोपेली बिजेता (च्याम्पियन) भइसकेका स्विडेनी खेलाडीलाई विश्व कीर्तिमान पनि तोड्ने बानी परेको छ भनि सिएनएनले उल्लेख गरेको छ ।

उनले गत शनिबार फेरि अर्को किर्तिमान तोडे । फ्रान्सको क्लर्मन्ट-फेरान्डमा भएको प्रतियोगितामा छैटौं पटक पोल भल्ट अर्थात् लट्ठा फालहाल्नेमा नयाँ किर्तिमान हासिल गरे ।

डुप्लान्टिसले गत वर्ष ओरेगनमा भएको विश्व प्रतियोगितामा (च्याम्पियनसिप)मा बनाएको ६.२१ मिटरको विश्व कीर्तिमानमा सेन्टिमिटर थपेका थिए।

उनले आफ्नो तेस्रो प्रयासमा ६.२२ मिटरको नयाँ विश्व कीर्तिमान हासिल गरे ।

डुप्लान्टिसले पहिलो पटक ६.१७ मिटरको विश्व कीर्तिमान पार गरेका थिए । फ्रान्सेलीले २०१४ र फेब्रुअरी २०२० मा उक्त कृतिमान बनाएका थिए।

अर्को दुई वर्षको अवधिमा उनले शनिबारको महत्त्वपूर्ण उपलब्धि अघि चार पटक आफ्नै कृतिमान तोडेका थिए । डुप्लान्टिसले यसअघि नै ६.०१ मिटर बनाई बिजयी हासिल गरेका थिए भने अष्ट्रेलियाका कुर्टिस मार्शलले ५.९१ मिटर बनाई दोश्रो स्थान हासिल गरेका थिए ।

प्रतिक्रिया