रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रले रुसलाई नष्ट गर्न खोजेको आरोप लगाएका छन् ।
रूसी राज्य समाचार एजेन्सी (सँस्था)रिया नोवोस्तीका अनुसार एक अन्तर्वार्तामा पुटिनले पश्चिमको “एउटै लक्ष्य छ ,पूर्व सोभियत संघ र यसको मुख्य भाग रूसी संघलाई टुक्राउनु हो भनि बताएका छन् ।
त्यसपछि शायद तिनीहरूले हामीलाई सभ्य मानिसहरूको तथाकथित परिवारमा स्वीकार गर्नेछन तर अलग-अलग रूपमा उनले भने । प्रत्येक भाग अलग रूपमा त्यो के को लागि भनि अन्तरवार्ताकै क्रममा पुटिनले प्रश्न गरे ।
पुटिनले रूसले नेटोको आणविक क्षमतालाई विचार गर्न आवश्यक रहेको समेत टिप्पणी गरे भनि सिएनएनले उल्लेख गरेको छ ।
आजको परिस्थितिमा जब सबै प्रमुख नेटो देशहरूले आफ्नो मुख्य लक्ष्य हामीलाई रणनीतिक पराजयको रूपमा घोषणा गरेका छन । यस्तो अवस्थामा हामीले उनीहरूको आणविक क्षमतालाई कसरी बेवास्ता गर्न सक्छौं ,पुटिनले रोसिया १ नामक संचार माध्यमलाई बताए।
पुटिनले बारम्बार रुसको आणविक शक्तिलाई आधुनिकीकरण गर्ने महत्त्वमा जोड दिए ।
प्रतिक्रिया