यस महिनाको सुरुमा टर्कीको विनाशकारी भूकम्पमा भत्किएका भवनहरूको सम्बन्धमा ६०० भन्दा बढी व्यक्तिहरू विरुद्ध अनुसन्धान सुरु गरिएको एक सरकारी अधिकारीले शनिबार भने ।
न्याय मन्त्री बेकिर बोजडागले ६१२ संदिग्ध मध्ये १८४ जनालाई सुनुवाइ हुन बाँकी रहेको बताए । हिरासतमा रहेकाहरूमा निर्माण ठेकेदारहरू र भवन मालिकहरू वा प्रबन्धकहरू समावेश रहेको उनले भने उनले दक्षिणपूर्वी टर्कीको दियारबाकिरमा रहेको एक समन्वय केन्द्रबाट उक्त कुरा जानकारी गराए ।
“भवनहरूमा प्रमाणहरू पत्ता लगाउने कार्य आपराधिक अनुसन्धानको आधारको रूपमा जारी छ,” बोजडागले अगाडी भने ।
फेब्रुअरी ६ मा ७.८ परिमाण( म्याग्निच्युड)को भूकम्प पछि दक्षिणी टर्की र उत्तरी सिरियामा लगभग ५० हजार मृत्यु भएको छ । टर्कीमा १ लाख ७३ हजार भवनहरू मध्ये धेरैको संरचनात्मक भत्किएका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् भनि एबिसी७ ले समाचारमा उल्लेख गरेको छ ।
विज्ञहरूले धेरै ढलेका संरचनाहरू निम्न सामग्री र विधिहरू प्रयोग गरी निर्माण गरिएको र प्रायः सरकारी मापदण्डहरूको पालना नगरेको बताएका छन्। विपक्षी दलहरूले राष्ट्रपति रेसेप तैयप एर्दोगानको प्रशासनले भवन नियमहरू लागू गर्न असफल भएको आरोप लगाएका छन्।
भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको शहरका नगर प्रमुख (मेयर)लाई भत्किएका भवनहरूको अनुसन्धानको एक भागको रूपमा हिरासतमा राखिएको थियो।
टर्कीको प्रकोप व्यवस्थापन एजेन्सी(सँस्था) एएफएडीले भूकम्प प्रभावित क्षेत्रमा ९,४७० पराकम्पन गएको जनाएको छ।
यो लामो समयसम्म जारी रहनेछ र पराकम्पनरू कम्तिमा दुई वर्षसम्म रहनेछन,एएफएडी महाप्रबन्धक ओरहान टाटरले अंकारामा एक पत्रकार सम्मेलनमा बताए ।
प्रतिक्रिया