युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संघको नयाँ रूसी प्रतिबन्धलाई “शक्तिशाली”को संज्ञा दिएका छन् ।
जेलेन्स्कीले शनिबार युरोपेली संघको १० औं प्रतिबन्ध संपुष्टि (प्याकेज)ले रूसी उद्यमहरूलाई ठूलो धक्का दिने बताए ।
अब नयाँ प्रतिबन्धहरू १० औं संपुष्टि(प्याकेज)मा छन ,उनले रक्षा उद्योग र आतंकवादी राज्यको वित्तीय क्षेत्रको बिरूद्ध र रुसी समाजलाई झूटमा डुबाउने र सम्पूर्ण संसारमा आफ्नो झूट फैलाउने प्रयास गर्ने प्रचारकहरू विरुद्ध यो शक्तिशाली संपुष्टि( प्याकेज)भएको आफ्नो रातीको सम्बोधनमा भने ।
तिनीहरू पक्कै पनि सफल हुने छैनन्। युक्रेनी सरकारले विश्वव्यापी र विशेष गरी, रूसी आणविक उद्योग, क्षेप्यास्त्र कार्यक्रम र आतंकवादी राज्यको आणविक भयादोहन (ब्ल्याकमेल)मा संलग्न सबैलाई युरोपेली प्रतिबन्धहरू विस्तार गर्न काम गरिरहेको उनले बताए ।
“साझेदारहरूमा संयुक्त राज्य अमेरिका, बेलायतले पहिले नै सान्दर्भिक कदमहरू गरिसकेका छन्। हामी युरोपेली संघबाट उपयुक्त कदमहरूको अपेक्षा गर्दछौं, “उनले भने।
प्रतिक्रिया