टर्की र सिरियामा भूकम्पपछि मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो ,२ लाख २४ हजार उद्धारकर्ताहरु निरन्तर काममा

इनेप्लिज २०७९ फागुन १३ गते २:०१ मा प्रकाशित

दुवै देशको पछिल्लो तथ्याङ्कअनुसार टर्की र सिरियामा गएको भूकम्पबाट मर्ने व्यक्तिको सङ्ख्या ५०,००० नाघेको छ।

टर्कीमा भूकम्प प्रभावित प्रान्तहरूमा लगभग २४०,००० उद्धारकर्ताहरूले काम जारी राखेका छन ।

टर्कीमा मात्रै भूकम्पका कारण ४४,२१८ जनाको मृत्यु भएको देशको विपद् तथा आपतकालीन व्यवस्थापन नियोग (एएफएडी) ले शुक्रबार जनाएको छ। त्यसैगरी सिरियामा पछिल्लो घोषणा गरिएको मृत्युको संख्या ५,९१४ पुगेको छ ।

फेब्रुअरी ६ मा पहिलो भूकम्प जसले दक्षिणपूर्वी टर्की र उत्तरी सिरियामा ७.७ परिमाण (म्याग्निच्युड )मापन गरिएको थियो पछि त्यसलाई ७.६ कायम गरियो। एएफएडीका अनुसार यस क्षेत्रमा ९,००० भन्दा बढी पराकम्पन गएको छ।

टर्कीमा भूकम्प प्रभावित ११ प्रान्तहरूमा स्वयंसेवकहरू सहित करिब २ लाख ४० हजार उद्धारकर्मीहरूले काम जारी राखेका छन्। हालैका दिनहरूमा जीवित व्यक्तिहरूको उद्धार गरिएको कुनै विवरण आएको छैन।

टर्कीमा मात्रै प्रकोप क्षेत्रबाट झण्डै ५३०,००० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ र टर्की सरकारले हालसम्म १७३,००० भवनहरू भत्किएको वा गम्भीर रूपमा क्षतिग्रस्त भएको अभिलेख राखेको छ। जसमा १९ लाखभन्दा बढी मानिसहरूले अस्थायी आश्रय वा अतिथि गृह (होटल )र सार्वजनिक सुविधाहरूमा शरण लिएका छन भनि अलजजिराले समाचार लेखेको छ ।

प्रतिक्रिया