टर्की र सिरियामा दुई पटकको भुकम्पबाट मृत्यु हुनेको कूल संख्या ४९,००० नाघ्यो ,७ ,२०० पटक पराकम्पन

इनेप्लिज २०७९ फागुन १२ गते २:०० मा प्रकाशित

टर्की र सिरियामा दुई पटक आएको भुकम्पबाट मृत्यु हुनेको कूल संख्या ४९,००० नाघेको छ । । विपद् व्यवस्थापन संस्था (एएफएडी )एजेन्सका अनुसार फेब्रुअरी ६ देखि अहिले सम्म ७,२०० भन्दा बढी पराकम्पनहरू गएको जनाएको छ ।

केहि ५.० परिमाण (म्याग्निच्युड)को भूकम्प सहित टर्की र सिरिया दुबैमा मर्नेहरूको संख्या ४९ हजार अंक पार गरेको छ ।

पुन दोश्रो चोटी गत सोमबार गएको ६.४ को भूकम्पले अझ भयभित बनाएको छ ।

यसैबीच टर्कीका अधिकारीहरूले फेब्रुअरी ६ र गत सोमबार गएको दुवै भूकम्पबाट मर्नेहरूको संख्या ४३,५५६ पुगेको बताएका छन् । हाते प्रान्तमा सोमबारको भूकम्पबाट थप ६ जनाको मृत्यु भएको छ भने ५६२ जना घाइते भएका छन् । सिरियामा पनि दुई जनाको मृत्यु र कैयौं घाइते भएका छन् ।

सिरियामा कूल ५,८१४ जनाको ज्यान गएको छ । दुवै देशमा मृत्यु हुनेको संख्या ४९ हजार ३७० पुगेको छ ।

प्रतिक्रिया