अमेरिकामा साहित्यिक चौतारीको च्याप्टर गठन भएको छ । नेपालमा २०७१ सालमा स्थापना भएको साहित्यिक चौतारी नेपाल आज नेपालका सातै प्रदेशहरूमा बिस्तार भईसकेको छ । त्यती मात्र नभएर देश बाहिर मलेसिया,ग्रिस,साउदी, इजरायल,भारत र जापान सम्म पनि फैलिईसकेको छ । हाल सम्म ३५ वटा च्याप्टरहरू भईसकेको उक्त साहित्यिक सँस्थाको अमेरिकामा भने पहिलोचोटी च्याप्टर स्थापना भएको हो ।
नेपालीहरू विश्वभरी फैलिने क्रम सँगै नेपाली भाषा साहित्यलाई पनि फैलाउने हेतुले यो पहल गरिएको हो । हाल यस्ले नेपाली साहित्यकारहरू भेटघाट गर्ने र आफ्ना कृतिहरू सुन्ने र सुनाउने एउटा सितल चौतारीको रुपमा विकसित हुँदै गएको छ भन्नु हुन्छ केन्द्रिय अध्यक्ष गीता भण्डारी । साथै,साहित्यिक गतिबिधि मात्र नभएर विश्वभर छरिएर रहेका नेपाली साहित्यकारहरू बिच सामाजिक सेवाकार्य पनि सँग-सँंगै लगिएको छ भनी सगौरव जानकारी गराउँनु भयो । नेपाली साहित्यकारहरूको ठुलो जनघनत्व रहेको अमेरिकी भूमिमा पनि आफ्नो च्याप्टरको सुरुवात भएकोमा खुशी ब्यक्त गर्दै नवगठित कार्यसमितिका अध्यक्ष लगायत समस्त टिमलाई हार्दिक बधाई ज्ञापन गर्नु भयो ।
साहित्यिक चौतारी अमेरिकाको कार्यसमिति यस प्रकार रहेको छ :
अध्यक्ष : रीता देवी प्रधान
उपाध्यक्ष : खेमा नन्द पोखरेल
महा सचिव : प्रकाश पाण्डे
सचिव :प्रभा पोखरेल
कोषाध्यक्ष : दीपक पाठक
सदस्य :खेम खनाल
सदस्य : गङ्गा अभिलाषी
सदस्य : अन्जना न्यौपाने
सदस्य : शेखर दुलाल
सदस्य : तारा मिलन छन्त्याल
सदस्य : बाल कुमारी घिमिरे
सल्लाहकारहरू : डा. गोपी उप्रेती, तीर्थराज अधिकारी, रामा लामा अविनाशी ,डा. सरला श्रेष्ठ र सीता अर्याल रहनुभएको छ ।
प्रतिक्रिया