लन्डनमा विरोध समूहले रुसी दूतावास बाहिर सडकमा विशाल युक्रेनी झण्डा बनाए

इनेप्लिज २०७९ फागुन ११ गते १२:३० मा प्रकाशित

कार्यकर्ताहरूले रूसी आक्रमणको वार्षिकोत्सव मनाउन बिहीबार लन्डनमा रूसी दूतावास बाहिर सडकमा विशाल युक्रेनी झण्डा बनाएका छन् ।

विरोध समूह लेड बाइ डङ्किले ट्विटरमा आफ्नो कामको तस्बिरहरु प्रकाशन गरेको छ । नीलो र पहेंलो रंगमा रंगिएको सडकमा उक्त चित्रकला प्रस्तुत गरेका छन । “भोलि युक्रेनमा पुटिनको साम्राज्यवादी आक्रमणको पहिलो वर्षगाँठ हो, एक स्वतन्त्र राज्य र आत्मनिर्णयको प्रत्येक अधिकार भएको जनता,” समूहले ट्वीट गरेको छ।

“लन्डनमा उनको दूतावास बाहिर ठूलो युक्रेनी झण्डाको अस्तित्वले उनलाई त्यो सम्झाउने काम गर्नेछ।” भनि सिएनएनले समाचारमा लेखेको छ ।

प्रतिक्रिया