एक वर्षको लडाइँपछि ८० लाख शरणार्थी युक्रेनबाट भागेको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाएको छ ।
संयुक्त राष्ट्र शरणार्थी सँस्था (एजेन्सी)का अनुसार रूसले आक्रमण गरेको लगभग एक वर्ष पछि मंगलबार सम्म युक्रेनबाट ८ मिलियन अर्थात् ८० लाख भन्दा बढी शरणार्थीहरू युरोपभर अभिलेख (रेकर्ड )गरिएको छ।
पोल्याण्डले युक्रेनी शरणार्थीहरूको सबैभन्दा ठूलो संख्याको जिम्मेबार लिएको छ जसमा लगभग १.५ मिलियन(१५ लाख) अनुमानित छ। त्यसपछि अन्य युरोपेली देशहरू जस्तै चेक गणतन्त्र, स्लोभाकिया आदी राष्ट्रहरुमा शरणार्थीहरु रहेका छन् ।
पोल्याण्डमा सेभ द चिल्ड्रेनका लागि कार्यक्रम सञ्चालनका निर्देशक सेलिना क्रेत्कोव्स्का-एडामोविचले एबीसीन्यूजलाई अहिले सबैभन्दा ठूलो आवश्यकता भनेको आर्थिक सहयोग हो ,उनले भनिन ।
सेभ द चिल्ड्रेनले पोल्याण्डमा फेब्रुअरी २०२२ देखि कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन ।
यद्यपि मानिसहरू अझै पनि युक्रेनबाट पोल्याण्डको सीमा पार गर्दै आएका छन्, “अहिले स्थिति स्थिर छ, मानिसहरूको आवतजावत पनि अधिक स्थिर छ, र आवश्यकताहरू लामो अवधिको छ,” उनले भनिन्।
केही शरणार्थीहरूले युक्रेन फर्कने प्रयास पनि गरेका छन अन्तर्वार्तामा उनले बताइन ।
प्रतिक्रिया