युक्रेनी अभियोजकहरूले बुचा अपराधमा संलग्न ९१ रूसी सैनिकहरूको पहिचान

इनेप्लिज २०७९ फागुन १० गते १२:२९ मा प्रकाशित

युक्रेनी अभियोजकहरूले बुचा अपराधमा संलग्न ९१ रूसी सैनिकहरूको पहिचान गरेका छन् ।

“कब्जाको क्रममा, रुसी सेनाले कीभ क्षेत्रको बुचा जिल्लामा ९,००० भन्दा बढी युद्ध अपराधहरू गरेको छ र बुचामा ७०० वटा सहित १,७००भन्दा बढी नागरिकहरू मारिएका छन्,” कार्यालयले बुधबार ट्वीटरमा प्रकाशित गर्दै उक्त कुरा जनाएको छ ।

“अहिलेसम्म यी अपराधमा संलग्न ९१ रुसी सैनिकको पहिचान भइसकेको छ। संलग्न सबैलाई कानुनी कठघरामा ल्याउने काम जारी छ।”

बुचा जहाँ युक्रेनी सेनाले अप्रिलको सुरुमा उपनगरलाई मुक्त गरेपछि कम्तिमा २० नागरिकको शव फेला पारेको थियो। कतिपयको हात पछाडि पछाडि बाँधिएको थियो भनि सिएनएनले जनाएको छ ।

“मुक्ति पछि, हामीले पुरुष, महिला र बालबालिकाको यातनासहितको सामुहिक चिहान भेट्टायौं। यातना, हत्या, यौन हिंसा,” अभियोजक जनरल एन्ड्री कोस्टिनले भने।

“यो ‘रूसी संसार’ र रूसी संघको शासनको वास्तविक अनुहार हो, जुन मानव अधिकार र मानवीय कानूनको सिद्धान्तहरूको पूर्ण उपेक्षामा आधारित छ।”

कोस्टिनले अमेरिकी प्रतिनिधि सभाको प्रतिनिधिमण्डललाई भने, “रुसी नेतृत्वलाई न्यायको दायरामा ल्याउन अन्तर्राष्ट्रिय न्यायाधिकरणको स्थापनामा हामी तपाईहरुको समर्थनमा भरोसा गर्छौं। युद्ध पीडितहरूको लागि न्याय संसारको लागि न्याय हो।”

प्रतिक्रिया