बाइडेन पोल्याण्डमा व्यस्त हुदै गर्दा पुटिन र चिनियाँ कूटनीतिज्ञ वाङ यी क्रेमलिनमा भेटघाट

इनेप्लिज २०७९ फागुन १० गते ११:५१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेन पोल्याण्डमा व्यस्त हुदै गर्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चिनियाँ कूटनीतिज्ञ वाङ यी क्रेमलिनमा भेट गरेका छन् ।

सिएनएनका अनुसार पुटिनले “जटिल अन्तर्राष्ट्रिय अवस्था” को बारेमा कुरा गरिरहेका छन भनि समाचारमा लेखेको छ ।

पुटिनले बुधबार क्रेमलिनमा शीर्ष चिनियाँ कूटनीतिज्ञ वाङ यीसँग भेट गर्ने कार्यक्रम रहेको रुसी राष्ट्रपतिका प्रवक्ता डिमीट्री पेस्कोभले पुष्टि गरेका थिए ।

वाङ यीले यसअघि रुसको सुरक्षा परिषद्का प्रमुख निकोलाई पात्रुसेभ र रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गरिसकेका छन् ।

रुस अमेरिकासँगको प्रमुख आणविक सम्झौताबाट बाहिर निस्केको छ भने र युक्रेनमा लडाईको अन्त्य नहुने आफ्नो भाषणमा संकेत दिए।

चीनले युक्रेन द्वन्द्वमा तटस्थ रहेको बताए पनि रुसको आक्रमणको निन्दा गरेको छैन र छिमेकीसँग व्यापार विस्तार गरेको छ।

अमेरिका र उसका सहयोगीहरूले चीन र रुसको सम्बन्धलाई नजिकबाट हेरिरहेका छन्।

प्रतिक्रिया