टर्की र सिरियामा दुई हप्तापछि आएको विनाशकारी भूकम्पमा परी झण्डै ४५,००० मानिसको मृत्यु भएको नयाँ र शक्तिशाली ६.३ परिमाण (म्याग्निच्युडम्यग्नीट्युड )भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको अधिकारी र सञ्चारमाध्यमले मङ्गलबार बताएका छन् ।
टर्कीको प्रकोप व्यवस्थापन सँस्थाले सोमबारको ६.४ परिमाण(म्याग्निच्युड)को भूकम्पपछि ६ जनाको मृत्यु भएको र अन्य २९४ जना घाइते भएको जनाएको छ भने १८ जनाको अवस्था गम्भीर रहेको छ । सिरियामा,हामा र टार्टस प्रान्तमा भूकम्पको क्रममा एक महिला र एक बालिकाको भयको का कारण मृत्यु भएको , सरकार समर्थक संचार माध्यमहरूले जनाएका छन् ।
भूकम्पको केन्द्रविन्दु सिरियासँग जोडिएको टर्कीको हाते प्रान्तको डेफने शहरमा थियो । यो जोर्डन, साइप्रस, इजरायल, लेबनान र इजिप्टसम्म पनि महसुस गरिएको थियो । र त्यसपछि दोस्रो ५.८ परिमाणको भुइँचालो र दर्जनौं परकम्पनहरू आएका थिए ।
फेब्रुअरी ६ मा गएको ७.८ परिमाणको भूकम्पमा हाते टर्कीको सबैभन्दा बढी प्रभावित प्रान्तहरू मध्ये एक थियो। प्रान्तमा हजारौं भवनहरू ध्वस्त भएका थिए र सोमबारको भूकम्पले भवनहरूलाई थप क्षति पुर्याएकोछ । हातेको ऐतिहासिक मुटु अन्टाक्यामा रहेको गभर्नरको कार्यालयमा पनि क्षति पुगेको छ।
प्रतिक्रिया