भर्जिनियामा तामाङ्ग सोसाइटी अफ ग्रेटर वाशिंगटनले ल्होछार पर्व मनाउदै

इनेप्लिज २०७९ फागुन ९ गते २:२८ मा प्रकाशित

भर्जिनियामा तामाङ्ग सोसाइटी अफ ग्रेटर वाशिंगटनले ल्होछार पर्व भब्य रुपले मनाउने क्रममा तयारी अन्तिम अवस्थामा पुगेको संस्थाका प्रतिनिधिले ईनेप्लिजलाई बताए ।

बिगत बर्ष झैँ यस बर्ष पनि औपचारिक कार्यक्रम तथा सांगीतिक कार्यक्रम सहितको प्रस्तुति हुनेछ । समारोह आगामी फेब्रुअरी २५ शनिबारका दिन हुनेछ । प्रवेश शुल्क खाना सहित ४० डलर राखिएको छ ।

यस बर्षको ल्होछार पार्व बिरालो बर्ष अर्थात् (ह्योई ल्हो ) रहेको छ । कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति साथै एन्जल्स ब्याण्डका राजु लामा, शशिकला मोक्तान ,छिरिंग लामा रजल लामा ,लगायत थुप्रै प्रस्तुति हुनेछन ।

यस क्षेत्र वरपर बस्नु हुने सबैलाई तामाङ्ग सोसाइटी अफ ग्रेटर वाशिंगटनले चूलो निम्तो दिएको छ । कार्यक्रम भर्जिनियाको मनासस शहर स्थित मनासस बलरुम नामक सभाकक्षमा समारोह हुनेछ । ल्होछार बारेमा केही जानकारी चाहिएमा महा सचिव रोजी घिसिङ्ग तामाङ्ग संग सम्पर्क गर्न सक्नु हुनेछ ।

कार्यक्रम ६:३० बजे देखि सुरु हुनेछ ।
Venue: Manassas Ballroom 9509 Lee Ct Manassas VA 20110
Day of Event: Saturday, Feb 25th, 2023
Time: 6:30PM

प्रतिक्रिया