अध्यावधिक गरिएको : टर्कीमा सोमबार दक्षिणी दक्षिणी क्षेत्रमा आएको ६.३ म्याग्निच्युड(परिमाण)को भूकम्पमा कम्तिमा तीन जनाको ज्यान गएको छ भने २१३ जना घाइते भएको टर्की र सिरियाली अधिकारीहरूले जनाएका छन ।
दुई साता अगाडी आएको विनाशकारी भूकम्पबाट दुई देशमा करिव करिव ४६ हजार भन्दा ज्यादामानिसहरुको ज्यान गएको छ । आज फेब्रुअरी २० का पुन :भूकम्प आएको छ भने संचार माध्यमहरुले धमाधम जानकारी गराई रहेका छन् ।
टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन सँस्था (एएफएडी) ले सोमबार सिरियाको सीमा नजिक रहेको टर्कीको दक्षिणी हाते प्रान्तमा भूकम्प गएको जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु प्रान्तको डेफ्ने जिल्लामा रहेको टर्कीका आन्तरिक मन्त्री सुलेमान सोयलुले सोमबार बताए र त्यसपछि २६ वटा पराकम्पन गएको बताए।
सोमबार ३ जनाको मृत्यु भएको छ भने २१३ जना घाइते भएको सोयलुले भने । उनले उद्धार सेवाहरूले अझै धेरै भवनहरू खोजिरहेका बताए ।
उत्तरपश्चिम सिरियामा त्यहाँ १३० भन्दा बढी घाइते भएको ह्वाइट हेल्मेट स्वयंसेवक उद्धार समूहले सोमबार भने।
प्रतिक्रिया